LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया वीरगंज १३ पुस ।
प्रधानमन्त्री केपी अोली ले गरेको संसद विघटनको विरुद्ध मा नेपाली कांग्रेस पार्टी ले पर्साको क्षेत्र नं. ४ को धोबिनी गाउँपालिका वार्ड नं ४ लंगडीमा विरोध सभा सम्पन्न गरेको छ।विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पुर्व सांसद रमेश रिजालले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको खिली उडाएको छ ।उनले संविधान विघटन असंवैधानिक भएको वताउदै चुनाव संग कहिले कांग्रेस डराउन पार्टी नभएको बताए । प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिति सदस्य बशिष्ठनारायण प्रसाद कुर्मी, बृहस्पति कृष्ण श्रेष्ठ, पर्सा जिल्ला सचिव किशोरी साह, जिल्ला सदस्य नबिन सिंह,क्षेत्रिय सचिव श्रीकान्त यादव, नेता नसुरलाह मियाँ, पुर्व गाबिस अध्यक्ष रामेश्वर महतो बलिस्टर मियाँ , लगायतकाले मन्तव्य ब्यक्त गरेको थियोे । बिरोध सभा क्षेत्रिय सभापति रमेश पाण्डे को सभापतित्वमा समपन भएको थियो।बिरोध सभामा क्षेत्र अन्तर्गतका सबै पालिकाको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।त्यसतै
पर्सा क्षेत्र नं.१ मा पनि संसद विघटन बिरुद्ध बिरोध प्रदर्शन भएको छ ।नेपाली कांग्रेस वीरगंज महानगर कमिटि सभापति विजय सर्राफको सभापतित्वमा वीरगजको घण्टाघरबाट निस्केको जुलुश माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै घण्टाघरमा कोणसभा प्रनित भएको थियो।कोणसभामा नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, पूर्व सांसद अनिल रुङ्गटा, वीरगंज महानगरपालिकाकी उप–प्रमुख शान्ति काकी महिला नेतृ किरण सरकार, शुषमा तिवारी दुवेदी, युवा नेता दिलिप राज कार्की, सुधिर पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै पर्सा क्षेत्र नम्बर २ डकैलाबहुवरी मा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं तराई मधेस विभाग प्रमुख अजय चौरसिया को नेतृत्वमा र पर्सा क्षेत्र नं ३ को पोखरियामा क्षेत्रिय सभापति लुकमान मियाँ को सभापतित्वमा भएको बिरोध प्रदर्शन गरि कोण सभा मा नेपाली कांग्रेस पूर्वकेन्द्रीय सदस्य एव पुर्व मंत्री सुरेन्द्र चौधरी, युवा नेता सलेनद्र यादव, धर्मेन्द्र पटेल लगायत नेता कार्यकर्ता हरु को सहभागिता रहेको को थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको