LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

रौतहट, १२ पुस । रौतहटको चन्द्रनिगाहपुरमा एउटै नम्बर प्लेटको २ वटा गाडी भेटिएको छ । जिल्लाको चन्द्रनिगाहपुर चोकमा कुमारी बैंक अगाडि रोकिराखेको अवस्थामा बा.१७ च ९३६५ नम्बरको स्कार्यपियो गाडी फेला परेको हो । दुइवटा गाडीमध्ये एउटा सेतो रंगको तथा एउटा सिल्भर रंगको रहेको छ । एउटै नम्बरको दुइवटा गाडी देखेपछि स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले दुबै गाडीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक हेम शाहीले जानकारी दिनुभयो । सो मध्ये सिल्भर रंगको गाडीको विलबुक तथा कागजात साथमा रहेको तर सेतो रंगको गाडीको केहीपनि फेला नपरेको र चालक पनि फरार रहेको प्रहरी उपरिक्षक शाहीले बताए । सेतो गाडी लक रहेको अवस्थामा प्रहरीले गाडी मिस्त्रीको सहायताले लक खोलेर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । सिल्भर रंगको गाडी सर्लाहीको बागमतीमा रहेको टि गार्डेन रिर्सोटको नाममा रहेको आफुहरु काम विशेषले सो गाडी लिएर चन्द्रनिगाहपुरमा आउँदा आप्mनो गाडीको नम्बर प्लेटकै अर्को गाडी फेला परेको रिर्सोटका कर्मचारी रोशन लामाले बताए । आप्mनो गाडीको नम्बर प्लेटको नम्बरको नम्बर प्लेटको नट झरेर फेर्न सो स्थानमा जाने क्रममा अर्को गाडी फेला देखेको लामाले बताए ।
अर्को गाडीको बारेम थप अनुसन्धान भइरहेको र सो गाडी भारतबाट चोरी गरेर ल्याएर नेपाली नम्बर प्लेट हालेर चलाइरहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सो गाडीको मालिक को रहेको र चन्द्रनिगाहपुरमा कहाँबाट आयो भन्ने बारेमा थप अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य पत्ता लाग्ने प्रहरी नायव उपरिक्षक शाहीले बताए । रौतहटका विभिन्न स्थानहरुमा भारतबाट चोरीको गाडी ल्याएर नेपाली नम्बर प्लेट राखेर चढ्ने गरेको पाइएकोले प्रहरीले चेकि·मा जोड दिनुपर्ने स्थानियहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको