LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

पोखरिया १२ पुस । पर्साकाे धोबिनी गाउँपालिकाकाे वडा नं. २ आसवारीमा आइतबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
वीरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी र माट्रीका आइ फाउन्डेसनको संयुक्त आयाेजनामा भएकाे शिविरमा ३ सय ६ जनाले आँखा परिक्षण गराएका थिए । जस मध्ये १७६ जनामा मोतियाबिन्दका बिरामीहरु फेला परेकाे मेयर सरावगीकाे सचिवालयले जनाएकाे छ ।
शिविरकाे उद्घाटन वीरगंज महानगरका मेयर सरावगी नै गरेका थिए । शिविरकाे उद्घाटन गर्दै मेयर सरावगीले समाजिक दायित्व वहन गर्दै वीरगंज महानगरमा मात्र नभई जिल्ला ग्रामिण भेगमा पनि शिविर संचालन गरिएकाे वताए ।
शिविरमा माेतियाबिन्द फेला परेका सबै जनाको पुष २१ गते माट्रीका आइ फाउन्डेसनमा नि:शुल्क शल्यक्रिया समेत गरिने छ ।
शिविरमा उद्घाटन समाराेहमा जनता समाजवादी पार्टीका नेता सलाउदीन अहमद, जगदिश पटेल, पप्पु पटेल, अजय पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको