वीरगञ्ज १० पुस । क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले शुक्रबार एक कार्यक्रमको बिच प्रसुति गृहको भवन उद्भाटन गर्नुका साथै छात्राहरुलाइ साईकल तथा स्वयं सेविकाहरुलाई आवश्यक सामग्री बितारण गरेका छन ।पर्सागढी नगरपालिका वाड नम्बर ५ पञ्चरुखीका वडा अध्यक्ष असलम आलमको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद यादवले नेपाल राष्ट्रिय आधारभूत बिद्यालय बहुअर्वा सिरामा कक्षा ८ मा अध्यनरत २७ जना छात्राहरुलाई साईकल बितरण गरीएको छ । साथै विद्यालयको प्रागंणमा नव निर्मित सरस्वति मन्दिरको समेत उदघाटन भएको वडा अध्यक्ष आलमले बताए ।कक्षा ८ सम्म रहेको सो बिद्यालयलाई स्तरउन्नति गरी आगामी दिनमा कक्षा १२ सम्म पुर्याइने सांसद यादवले बताए ।सामुदायीक कार्यक्रम अन्र्तगत ३२ लाखको लगानी तथा प्रदेश सांसद भिमा यादवको आर्थिक सहयोगमा निर्माण गरिएको सरस्वति मन्दिरको संयुक्त रुपमा सांसद यादवले उद्घाटन गरेका छन् ।यसैगरी सासंद यादवले स्वास्थ्यचौकीको उद्घाटन गर्नुको साथै ७ जना स्वास्थ्य स्वयंसेविकालाई एक एक थान मोबाइल फोन , छाता र लाईट समेत बितरण गरिएको जनता समाजवादी पार्टी पर्साका सचिव तबरेज अहमदले बताए । उनले स्वास्थ्य सस्थामा स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको भन्दै उनीहरुको कामकमो प्रसंसा गरे । एक फरक प्रसंगमा बोल्दै सांसद यादवले सरकार गरेको संसद विघटनलाई हामीले सशक्त प्रतिबाद गर्ने बताए । उनले सभामुख पुन संसद बैठक बोलाउनु पर्ने धारणा ब्यक्त गरे । संविधानले सरकारलाई संसद विघटनको अधिकार नै नदिएकोले आफ्नो स्वार्थ पूर्तीको लागी मात्र संसद विघटन गरेको बताए ।कार्यक्रममा करिमा बेगम, भिमा यादव, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वडा अध्यक्ष असलम आलम , सदस्य अशोक यादव, प्रधानाध्यापक राम अशीश यादव लगायतकाको सहभागीता रहेको थियो ।