बिरगंज ६ पुस । अति व्ययस्त रुपमा रहेको बीरगंजको सीमा क्षेत्रको सुरक्षाका लागि पर्सा सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र खड्काको पहलमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना पुस ६ गते सोमबार गरेको छ ।
पर्सा जिल्लाको बिरगज माहानगरपालिका बडा नं २५ ड्राईर्पोटमा १ र पर्सा जिल्ला जगरनाथपुर गाउपालिकाको पिडारीगुठी मा १ गरी जम्मा २ वटा बि.ओ.पि थप भएको हो । यो सँगै पर्सामा सशस्त्र प्रहरी बल नेपालको बि.ओ.पि.संख्या १५ पुगेको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जिल्लामा कमाण्ड सम्हाले पछि ६ वटा बि.ओ.पि. थप भएको छ । थप दुई वटा बि.ओ.पि.सशस्त्र प्रहरी नायव माहानिरीक्षक चन्द्र प्रकाश गौतम र गाँउपालिका अध्यक्षबाट एक कार्यक्रम बिच पुष ६ गते सोमबार उद्घाटन गरिएको हो ।
ताजा समाचार
धेरै पढिएको
Copyright © 2024, All Rights Reserved | Developed By ProTech