LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

वीरगन्ज ३ पुस ।  नेपाल कम्नियुस्ट पार्टी पर्साको अध्यक्षसहितको टोलीले पार्टी कार्यकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरि जिल्लाको समसामाईक राजनितिको बारेमा अवगत गराएको छन् । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको नेतृत्वमा गएको टोलीले यसै महिनाको अन्तिम साता पर्साको पोखरियामा विशाल जन सभा गर्ने र उक्त सभाको प्रमुख अतिथिको रुपमा कार्यकारी अध्यक्ष प्रचण्डलाई सहभागि हुन गरेको आग्रहलाइ अध्यक्ष प्रचण्डले स्विकार गर्नु भएको छ ।

सो अवसरमा अध्यक्ष प्रचण्डले जिल्लाको पार्टी गतिविधिलाई निर्धक्क साथ अगि बढाउन निर्देशन दिनु भएको थियो । पोखरियामा आयोजना गरिने सभामा अध्यक्षँ प्रचण्डसंगै पार्टीका महासचिव विष्णु पौडेल पनि आउनु हुने तय भएको पर्सा पार्टी प्रतिनीधि मण्डलले जानकारी गराएको छ ।
प्रतिनिधी मण्डलमा सहभागि पर्सा जिल्ला अध्यक्ष प्रभु हजाराले जिल्लाका केही पालिकामा पार्टीको विधान र पद्धति विपरित कमिटि गठन गरेको कुरा जानकारी गराउँदै बिन्दवासिनी गाउँपालिकाको प्रसौनी घटना त्यसैकै परिणती भएको समेत बताउनु भयो । वाहाले पार्टी कमिटिलाई गति सिल बनाउन विधान विपरित गठित कमिटिलाई कारवाई गरि बैधानिक कमिटीलाई काम गर्ने बाटो खुला गरिदिन जिल्ला अध्यक्ष हजाराले कार्यकारी अध्यक्ष दाहलसंग माग गर्नु भयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले पर्साको विभिन्न घटना बारे अब आफु स्पष्ट भएको बताउदै गलतगर्नेहरुलाई कानुनले सजाय दिने र निर्दोषलाई कसैले फसाउन खोज्छ भने उ आफै नाङ्गीने बताउने आफु सँधै सत्य र न्यायको पछमा रहेको बताउनु भयो ।
पर्साबाट गएको प्रतिनीधि मण्डलमा पार्टीका केन्द्रिय सदस्या निर्मला देवकोटा, शेष चाँदतारा, नेताहरू बाबुराम कौसिक, रामबाबु बैठा, नेता तथा संविधान सभाका सदस्य राजकुमार गुप्ता, संविधान सभा सदस्या जुनेद अन्सारी, रामअश्रे राम , नेता तेजप्रकाश निषाध , बसुरुदिन अन्सारी, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मिया, नेकपा ठोरी गाउँ पार्टी कमिटिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, जिराभवानी गाउँपालिका अध्यक्ष रामप्रित महतो ,नेता अमिताब बचन दासलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको