LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया भिस्वा २७ मंसिर । पर्साको छिपहरमाई गाँउपालिकामा नेकपाको पार्टी प्रवेश तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेकपा छिपहरमाई गाँउपालिका अध्यक्ष प्रहलाद साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ३०० जना नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।

पर्सा जिल्ला अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता हजराले नेकपाको बिकल्प नभएकोले देश र जनताको हितमा काम गर्ने पार्टीमा आएकाहरुलाई क्षमता अनुसारको जिम्मेवार दिन पार्टी प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो । संबिधान सभा सदस्य एवं नेकपा नेता राजकुमार गुप्ताले प्रदेश नम्बर २ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लाउनुभयो ।७ वटै प्रदेश मध्ये प्रदेश २ को अवस्था जर्जर रहेको बताउनुभयो । बिकाश भन्दा पनि कार्यकर्ता पाल्न र कमिशन खानमा प्रदेश सरकार व्यस्त रहेको आरोप लगाउनुभयो । बिशिष्ट अतिथी समेत रहनुभएका नेता गुप्ताले आन्दोलनमा शहादत प्राप्त गर्ने परिवारलाई ५० लाख दिने घोषणा गरेका नेताहरु शहिद परिवारलाई ५० हजारको भैसी दिएर शहिदको अपमान गरेको बताउनुभयो । आन्दोलनमा चर्को भाषण गरेका नेताहरु जिउदो शहिद र घाईतेलाई हेर्न समेत नआएको नेता गुप्ताले आरोप लगाउनुभयो ।उहाँले प्रदेश २ सरकारको आर्थिक सहयोगमा तिलावे नदी छेउमा निर्माणाधिन शहिद पार्कमा समेत व्यापक भ्रष्टाचार भएको दावी गर्नुभयो । उहाँले काम सम्पन्न हुनु अगावै ४३ लाख रकम भुक्तानी हुनुले पनि प्रदेश २ सरकारको कामकारवाही बारे छर्लङ्ग भएको बताउनुभयो । सस्तो लोकप्रियताको लागि प्रदेश सरकारका मन्त्रीहरु करोडौं रकम व्यानरमा खर्च गरेको दावी गर्नुभयो ।

कार्यक्रममा संबिधान सभा सदस्य जयप्रकाश थारु, नेकपा प्रदेश कमिटी सदस्य जोगिन्द्र साह कानु, बाबुराम कौसिक, तेजप्रकाश निषाद, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज साह, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, नेकपा जिल्ला कमिटी सदस्य ् व्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको