LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बिरगंज २२ मंसिर
समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको आयोजनामा तथा अलमन्सुर फाउन्डेसनको सहयोगमा र राईजिङ्ग बिरगंज नेपालको पहलमा गरिब अतिबिपन्न घर परिवारहरुलाई भाडाकुडा किचेनको सामान बितरण गरिएको थियो ।
सोमबार जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुरमा जिल्ला पर्सा पर्सागढी न.पा-५ पचरुखी बहुअर्वा बस्ने ओलायत मिया धोबी, बि.म.न.पा.३ बस्ने नमदिन हवारी र भारतको बिहार घर भई थाना रक्सौल ग्राम नुनियाडिह खेसरिया बस्ने तैयब राय समेतका छोरीहरुको बिवाहका लागि आवस्यक भाडा कुडा लगायत सम्पुर्ण किचेन सामाग्री बितरण गरीएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराउनु भयो।
उक्त कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अल-मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाउल हक समानी, राईजिङ्ग बिरगंज नेपालका आरजु खान , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा छपकैया-२ का ईन्चार्ज प्र.स.नि.रामेश्वर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राजु प्रसाद मण्डल , ई. शेख आबिद अलि , एमामुल हक , आरजु ठकुराई , नबिदिन हवारी , साबिर मल्लिक , रोशन शर्मा , सन्दिप सरार्फ , स्थानिय भद्र भलादमी ,बुद्धिजिबिहरु को सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको