LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

बिरगंज २१ मंसिर ।
बिरगंजबाट प्रकाशीत पत्र पत्रीका एवं पत्रकारहरुको समस्या बुझ्न प्रेसकाउन्सिलका पदाधिकारीहरु बिरगंज आईपुग्नु भएको छ ।
नेपाल पत्रकार महासघ पर्साको सभाहलमा आइतबार नेपाल पत्रकार महासघका पुर्व महासचिव एवं प्रेस काउन्सिलका केन्द्रिय सदस्य संगीता खड्काको प्रमुख आतिथ्य भएको भेटघाटको क्रममा पत्रकारहरुले उठाएका जिज्ञासा बारे बोल्नु हुदै प्रेस काउन्सिलमा दर्ता भएका २६ सय अनलाइनलाई मात्र रेखदेख गर्ने जिम्मा रहेकोले गल्ती गर्ने अनलाइनलाई स्पस्टिकरण माग्ने , प्रेस पास रोक्का गर्ने , सुबिधाहरु रोक्का गर्ने , दर्ता खारेज गर्ने अधिकार रहेको र दर्ता नभएको अन्य अनलाइन , फेसबुक र युट्युब , सामाजिक संजालले ल्याएको बिकृतिलाई नियन्त्रण गर्ने काम काउन्सिल र महासघको नभएको बताए ।


नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा प्रेस काउन्सिलका शाखा अधिकृत बिष्णु लम्साल , प्रेस संगठन बागमती प्रदेशका सहसन्योजक सुनील खड्का लगायतकाको सहभागिता रहेको थियो ।
स्वागत मन्तव्य नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष अनुप तिवारीले र कार्यक्रम सन्चालन पर्साका सचिव युवराज खड्काले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको