Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जिल्ला प्रशासन पर्साद्वारा घुस खाने नाप तौलका ४ कर्मचारी पक्राउ

बीरगंज २० मंसिर । जिल्ला प्रशासन कार्यालय, पर्साले ११ हजार घूससहित नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका ४ जना कर्मचारीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाएको छ । हिजो अपरान्ह पक्राउ परेका चारजनामध्ये दुईजनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अख्तियारको निर्देशन अनुसार कार्यालय प्रमुखको जिम्मा लगाएको र रिपोर्ट नेगेटिभ आएपछि अख्तियारमा बुझाउने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भयो । पक्राउ परेका कर्मचारीमध्ये सहायक निरीक्षक वीरेन्द्र उपाध्याय, सहयोगी पद्मबहादुर रोक्का, सत्यनारायण चौधरी र एकजना चालक रहेका छन् । पोजेटिभ देखिएका दुई कर्मचारीलाई होम आइसोलेशनमा राखिएको र अन्य दुई कर्मचारीलाई नियन्त्रणमा लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको जिम्मामा लगाईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिनुभयो । हिजो परवानीपुरको एक कारखानामा चेकजाँचको बहानामा नापतौल तथा गुणस्तर कार्यालय वीरगंजका कर्मचारीहरुले सामानहरु नियन्त्रणमा लिएका थिए । सोही सामान फिर्ता गर्न कर्मचारीले कारखानासँग ११ हजार घूस लिएका थिए । सहायक निरिक्षक विरेन्द्र उपाध्यायले ५ हजार तथा कार्यालय सहयोगी र चालकले २÷२ हजारको दरले रकम लिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । प्राप्त जानकारी अनुसार रकम लेनदेन गर्दा भिडियो बनाईएको र सो भिडियो अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टङ्गालमा पठाएको र अख्तियारले दिएको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले उनीहरुलाई पक्राउ गरेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

नयाँ सरकार बन्छ: जनार्दन शर्मा

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान र देवर पक्राउ |

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर