LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बिरगंज १८ मंसिर । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्सामा खेलकुद मैदानको उद्घाटन गरेका छन् ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिका वडा नम्बर २० स्थित हरपतगञ्जमा सांसद् यादवले ४० लाखको लागतमा खेल मैदान निर्मित खेल मैदानको उद्घाटन गरेका हुन् ।
सांसद् यादवले आफ्नो संसदीय विकास कोषको रकमबाट निर्मित खेल मैदान उद्घाटन गर्दै आगामी दिनहरुमा पर्सा जिल्लामा खेलकुद प्रोत्साहन र मैदानको स्तरोन्नतिका लागि थप लगानी गर्दै जाने बताए । उनले विकास निर्माण भनेको सडक, नाला निर्माण मात्र नभइ युवाहरुका लागि खेलकुद गर्न स्थान सृजना गर्नु पनि महत्पूर्ण विकास भएको जिकिर गरे ।
यादवले मैदानमा छिट्टै उच्च प्रविधिको टावर लाईट समेत जडान गरिने जानकारी गराएका थिए ।
‘विकासको नारा लिएर धेरै नेताहरु भोट माग्न आए जितेर पनि गए तर यस क्षेत्रको अवस्थामा कुनै परिवर्तन भएको थिएन तर मैले आफनो निर्वाचन क्षेत्रको जनताको जिवन स्तर उकास्नका लागी खेलकुद, शिक्षा ,स्वास्थ्य तथा विकास निर्माण कार्यको कामलाई योजना तहत अगाडी बढाएको, यादवले भने ।
उक्त उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य जनत् अन्सारी, वडा नम्बर २० का वडा अध्यक्ष पारस यादवसहित वडाका नेता, कार्यकर्ता, युवा, खेलाडी तथा स्थानीयवासीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको