LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

धोबिनी १५ मङ्सिर
पर्सा जिल्लाकाे धोबिनी गाउँपालिका को वडा नं २ भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्र को जग्गा मा १४ करोड को लागत मा १५ सैया को अधारभुत अस्पताल को भवन निर्माण को लागी अाज एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी ले शिलान्यास गर्नु भएको थियोे । शिलान्यास कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत असोक रौनियार वडा अध्यक्ष नन्दलाल कुर्मी ,ललन कुर्मी,मजिद मियाँ, स्वास्थ्य संयोजक संजय यादव लगायत।पटेर्वासुगौली गाउँपालिका को फर्हदवा मा १० करोड को लागत मा १० सैया अधारभुत अस्पताल को अाज गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले शिलान्यास गर्नु भएको छ।शिलान्यास कार्यक्रम मा उपाध्यक्ष ममता महतो,प्रमुख प्रसाशकिय अधिकृत भुजेन्द्र प्रसाद यादव, वडाअधयक्ष बिजय गैरे,माधव प्रसाद ,मोतिलाल साह,।त्यसतै ठोरी गाउँपालिका वडा न. २ मा प्राथमिक स्वास्थ्य केन्द्रकाे जग्गामा १८ करोड को लागतमा १५ सैया को आधारभुत अस्पताल भवन निर्माण को लागी एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गर्नु भएका छन।त्यसै गरि जिराभवानी गाउँपालिका को वडा नं २ सेढवा मा १० करोड को लागत मा १० सैया को अधारभुत अस्पताल को शिलान्यास अाज एक कार्यक्रम का बिच गाउँपालिका अध्यक्ष रामपृत महतो ले गर्नु भएको हो
।पर्साका ग्रामिण क्षेत्रमा बसाेवास गर्ने हरेक जनतासमुदाय हरु लाई सुलभ तथा सरल तरिका बाट सेवा दिने उदेश्यले अस्पतालकाे निर्माण हुन लागेकाे हाे। प्राथमिक स्वास्थ्य केन्द्र लाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्राे बनाईने र यहाँका विरामिहरु जाँच गराउन बिरगंज , काठमाडाैं भरतपुर चितवन लगायत स्थान हरु मा जान्न नपरोस उदेश्य ले गर्दा अधारभुत अस्पताल निर्मान हुन लागेको बताए । अधारभुत अस्पताल सेन्टरहरु सिलान्यास भएर टेन्डर मार्फत बनाईने जानकारी गराए ।नेपाल सरकारकाे निति अनुसार प्रत्येक स्थानिय तहमा पाँच देखि पन्द्र सैयाकाे अस्पताल निर्माण गरिने कार्यक्रम रहेकाेले पर्सामा चार गरि ३९६वटा अस्पताल को एक साथ शिलान्यास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको