LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

बिरगंज १२ मंसिर  नेपाल निजामती कर्मचारी संगठन पर्साकाे नव निर्मित भवन को उद्घाटन एक समारोह का बिच प्रमुख अतिथि रहनु भएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले गर्नु भएका छन।
। नवनिर्मित भवनलाई उद्घाटन गर्दै नेकपाका बरिष्ट नेता एव पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले कर्मचारी सरुवा प्रणालीलाई प्रादर्शी बनाउनु पर्ने जोड दिनु भएका छन । उनले त्यसकाे लागि सिस्टम बसाल्नु पर्ने धारण जरुरी रहेकाे वताए ।


उनले भने यसका साथै राम्राे काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नु पर्छ र नराम्राे काम गर्नेलाई दण्डितसमेत गर्न पर्ने । भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्ने वताए । उनले भने सरकारले भ्रष्टचारीलाई तह लगाउन सक्नु पर्छ, भ्रष्टचारीलाई तह नलगाए सम्म देशमा समृद्धि आउन सक्दैन । त्यसकाे लागि भ्रष्टचारीलाई तह लगाउनु पर्नेमा पुर्व प्रधानमन्त्री नेपाल को जोड रहेको थियोे ।उदघाटन कार्यक्रम मा नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भाेलानाथ पाेखरेल, नेपाल निजामती कर्चारी संगठनका निवर्तमान अध्यक्ष माेहन कुमार घिमिरे, नेकपा पर्सा का अध्यक्ष प्रभु हजरा, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रम मा सांसद शेखचाँद तारा, नेकपा का नेता पुर्व सांसद बिचारी यादव, नागेन्द्र चौधरी,रामचन्द्र साह, बिजय महतो, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी,ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ ,पोखरिया नगरपालिका नगरप्रमुख दिपनारायण रौनियार,लगायत नेता,र कर्मचारी हरु को सहभागिता रहेको थियोे । उदघाटन कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन पर्सा का अध्यक्ष अमित गिरी को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रम मा स्वागत मन्तब्य
नेपाल निजामती कर्मचारी अधिकारी ट्रेड युनियन पर्साका अध्यक्ष सुबदार यादव ले गर्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव संतोष कुमार यादव ले गर्नु भएका छन। कर्मचारी हरु को सहयोग मा २३ लाख २२ हजार को लागत मा दुई तले पकि भवन निर्माण गरिएको छ।
२०७१ साल मा तत्कालिन समान्य प्रशासन मन्त्री लालबाबु पंडित ले शिलान्यास गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको