LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

काठमाडौं : भाइटीकापछि खुलामञ्चमा विपन्नलाई खाना खुवाउने अभियान बन्द गर्ने सहमति भए पनि मंगलबार खाना खुवाइएको छ ।

काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाहरुबीच भाइटीकापछि खाना खुवाउन वैकल्पिक ठाउँ खोज्ने सहमति भएको थियो । मंगलबार पनि मानिसहरु खानाका लागि लाइन बसेपछि खाना बाँडिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

खाना खुवाउन उचित ठाउँको व्यवस्था गर्न नसकिएको पन्तको भनाइ छ । आफूहरुले प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्चमा नै लामबद्ध भएपछि पुरानै तरिकाले खाना वितरण गरेको उनले बताए ।

खाना खान खुलामञ्च आउनेहरुले एक्कासी खाना वितरण रोक्न आफूहरु समस्यामा पर्ने बताए । उनीहरुले कि काम दिनुपर्ने कि खाना दिनुपर्ने धारणा राखे । सडकमा बसेर खाना खान आफूहरुको रहर नभएको पनि उनीहरुले बताए ।

खुलामञ्चमा खाना खुवाउँदा स्वस्थ वातावरण नहुने, संक्रमण फैलिने डर हुने र सहरको सौन्दर्य पनि नहुने भनी काठमाडौं महानगरपालिकाले खाना खुवाउने संस्थाहरुसँग पार्टी प्यालेसजस्तो बन्द ठाउँमा खाना खुवाउन सहमति गरेको थियो । तर भाइटीकापछि पनि उक्त सहमति कार्यान्वयनमा आउन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको