LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी मूलधारका मिडियालाई पक्ष लिएको र आफ्नो पक्षका समाचार सम्प्रेषण नगरेको आरोप लगाएका छन् ।

साथै उनले सोधेका छन्, ‘फेक न्युज मिडियाले किन बारम्बार जो बाइडेन चुनावमा निर्वाचित भएको र आगामी जनवरीमा राष्ट्रपति बन्ने प्रशारण गरिरहेका छन् ? गत साता राष्ट्रपतीय निर्वाचनको नतिजा सार्वजनिक गर्दै अमेरिकी मूलधारका मिडियाले जो बाइडेन निर्वाचित भएको र आगामी राष्ट्रपति अब उनै बन्ने समाचार सम्प्रेष्ण गरेका थिए । पेन्सिल्भेनिया लगायत केही निर्णयक राज्यको मत परीणाम सार्वजनिक भएपछि नै बाइडेन निर्वाचित भएको पक्का भएको थियो ।

सोही अनुरुप सिएनएन, न्युयोर्क टाइम्स, बीबीसी, एपी लगायत मिडियाले उक्त समाचार सुरुमै सम्प्रेषण गरेका थिए । तर ट्रम्पले बाइडेनलाई चुनावमा धाँधली गरेको र नतिजा चोरेको आरोप लगाए । पत्रकार सम्मेलन गरी आगामी शासन कसको हातमा पुग्ने अहिले नै भन्न नसकिने भन्दै फेरि मतगणना गर्नुपर्ने अडान राखे । उनले चुनाव विरुद्ध मुद्दा समेत दायर गरे । तर उनको उजुरी सुनुवाइ भएन ।

हिजो आइतबार भने ट्रम्पले पहिलो पटक ट्वीटमा लेखेका थिए, ‘बाइडेनले जिते’ । तर त्यसको केही घण्टामै उनले अर्को ट्वीट गर्दै लेखे कि, ‘तर फेक न्युज मिडियाको नजरमा मात्रै उनले जितेका हुन् । वास्तविकतामा हामी जित्छौँ,’ ।

अमेरिकी निर्वाचन अधिकारीहरुले भने यसपटक अमेरिकी निर्वाचन इतिहासमै सबैभन्दा निष्पक्ष भएको प्रतिक्रिया दिएका छन् । चुनावी परीणाम अनुसार ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट मात्रै ल्याएका थिए । जब कि, राष्ट्रपति बन्नका लागि २७० भोट ल्याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको