LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

कैलाली: सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना परीक्षण लागि आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको हो। मन्त्री सुबेदी अहिले होम आइसोलेसनमा बसेका छन्।

उनले आफूलाई ज्वरो र खोकी लागे पनि स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । मन्त्री सुबेदीले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वाब परीक्षणका लागि दिएर आइसोलेसनमा बस्न पनि आग्रह गरेका छन्।

मन्त्रीलाई कोरोना संक्रमण हुनु अघि उनको सचिवालयका एक जना स्वकीय सचिव, एक जना निजी स्वकीय सचिव, २ जना पीएसओ र एक जना चालकलाई कोरोना पुष्टि भएको थियो। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई पनि केही दिन अघि कोरोना सङ्क्रमण भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको