LIVE 
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले गरे नयाँ चमतकार | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई टैन्की तथा धारा जडान | धोबिनीमा दादुरा- रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण | धोबिनी गा.पा का नेकपा एमाले राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् | एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालेको २४ घण्टामै हातहतियार सहित दुईजना पक्राउ | ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु | बाघको आक्रमणबाट २ जना घाइते | राति १० बजे देखि लागु हुने कर्फ्यु अब पूर्ण रूपले हटाइएको छ | बारामा ट्रक र जीप ठोक्किदा दूई जनाको मृत्यु । | एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, को जिम्मेवारी सम्हाले |

काठमाडौं : अर्मेनियाका विदेशमन्त्री जोह्रब नात्साकान्यनले राजीनामा दिएका छन् । देशमा चर्किरहेको आन्दोलनका कारण उनले राजीनामा दिएका हुन् ।

अजरबैजानसँग विवादित भूमिको विषयलाई लिएर जारी युद्ध रोक्न रुसको सहयोगमा भएको सम्झौतापछि सरकारको विपक्षमा अर्मेनियामा आन्दोलन चर्किएको छ । आन्दोलन चर्किएसँगै विदेशमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

गत साता भएको उक्त सम्झौता भएको थियो । सो सम्झौतापछि अर्मेनियामा प्रधानमन्त्री निकोल पाशिन्यानको राजीनामा माग्दै प्रदर्शन भइरहेको छ ।

सोमबार मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत् विदेशमन्त्रीको राजीनामा दिएको बताएका हुन् ।

अर्मेनियाका प्रधानमन्त्रीले भने आफूले राजीनामा नदिने बताउँदै आएका छन् । विदेशमन्त्रीको राजीनामापछि भने उनलाई पनि राजीनामा दिन दबाब बढेको टिप्पणी गरिएको छ ।

यसअघि अर्मेनिया र अजरबैजानको विवादित भूमि नागोर्नो काराबखको विषयमा दुई देशबीच ६ सातासम्म लडाइँ चलेको थियो । यो युद्धको क्रममा अर्मेनियाका २३ सयभन्दा धेरै सैनिकको ज्यान गएको थियो । यता अजरबैजानले भने सो युद्धमा कति सैनिक मारिए भन्ने खुलाएको छैन ।

गत शनिबार अर्मेनियाको नेशनल सेक्युरिटी सर्भिसले पूर्व अधिकारीहरुको समूहलाई प्रधानमन्त्रीको हत्या प्रयास गरेर सत्ता आफ्ना हातमा लिने प्रयास गरेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको