Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

नागरिकको निःशुल्क उपचारमा पालिकाले खुट्टा कमाउनु हुँदैन

नागरिकको निःशुल्क उपचारमा पालिकाले खुट्टा कमाउनु हुँदैन

कोरोना महामारीको सुरुमा क्वरेण्टीन र आइसोलेशन बनाउने काममा व्यस्त पालिकाहरु अहिले विशेष गरेर जनचेतना जगाउने काममा निरन्तर लागिरहेका छन् ।

होम क्वरेण्टीन, होम आइसोलेशन, हेर्दा काम नगरेजस्तो तर महत्वपूर्ण काम भनेको त्यही हो । अहिले जति सङ्क्रमित छन् ती सबै अस्पताल जाने हो भने सम्भव नै हुँदैन । त्यसैले उनीहरुलाई होम आइसोलेशन, क्वरेण्टीनमा राख्ने, आत्मबल दिने, औषधि उपलब्ध गराउने, स्वास्थ्यकर्मीलाई खटाउने जस्ता महत्वपूर्ण कामहरु पालिकाहरुले गरिरहेका छन् ।

यसबीचमा आवश्यक औषधिहरुको व्यवस्थापन गर्ने, कतिपय ठाउँमा पाँच बेडको कोभिड केन्द्रीत अस्पताल र कतिपय ठाउँमा आइसोलेशन केन्द्र निर्माण गर्ने काम भैरहेको छ । यसरी पालिकाहरुले स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छन् । नेपालको स्वास्थ्य पूर्वाधार र सङ्क्रमितहरुको संख्यालाई हेर्ने हो भने यति भयावह भइरहेको छ कि र पनि गाउँ-गाउँमा पालिकाको नेतृत्वले त्यो अवस्थालाई आत्मबल दिइ बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

औषधिको व्यवस्थापन भन्दा ठूलो कुरा आत्मबल हो । आत्मबल दिने कुरामा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मी र कर्मचारीहरु निकै खटिएर लाग्नुभएको छ । अहिले धेरै पालिकाले एम्बुलेन्स पनि राखेका छन् ।

सबै कन्ट्याक्ट ट्रेसिङको पीसीआर गरिरहनु पर्दैन भन्ने सरकारको नीति हुँदाहुँदै पनि पालिकाहरुले सिफारिस गरेर कन्ट्याक्ट ट्रेसिङ गरेर पनि परीक्षण गर्ने काम भएको छ । त्यसमा ढिलोचाँडोको कुरा मात्र होला । अब चाँडो पनि चाहियो, खर्च कम पनि हुनुपर्ने जस्ता सबै कुरा त प्राप्त गर्न सकिँदैन । तर पालिकाको सिफारिसमा नेपाल सरकारले आजको मितिसम्म पनि कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाहरुको पीसीआर परीक्षण गरिदिएको छ ।
नेपाल सरकारले नै समस्या पर्दा कुन नम्बरमा फोन गर्ने भनेर सार्वजनिक गरेको छ । कतिपय पालिकाहरुले त हटलाइनको पनि व्यवस्था गरेका छन् ।

पालिका मातहतमा अहिले कम्तीमा पनि एउटा एम्बुलेन्स छ । कतिपय ठाउँमा त तीनवटा पनि छन् । अप्ठ्यारो भएको अवस्थामा त्यही एम्बुलेन्समार्फत अस्पताल पुर्याउने व्यवस्था गरिन्छ । त्यसको लागि बिरामीले पालिकामा सम्पर्क गर्नुपर्यो । पालिकाबाट सिफारिस लिएर सरकारी अस्पतालमा लगेर देखायो भने नेपाल सरकारले निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचार गरिदिन्छ ।

कहिलेकाहीँ अस्पतालमा आईसीयू कक्षको अभाव हुन्छ, यी प्राविधिक समस्या भए । तर गरिब छ सरकारी अस्पतालमा ठाउँ पाएन भने त्यस्ताहरुको निम्ती स्थानीय सरकारले निर्णय गरेर भए पनि निजी अस्पतालमै भए पनि त्यो कदम चाल्नुपर्छ, खर्च बेहोर्नुपर्छ र कतिपय ठाउँमा बेहोरिरहेको पनि छ ।

सरकारी अस्पतालमा ठाउँ नपाउँदा निजीमा भर्ना गर्नुपर्ला यस्तोमा निजीमा उपचार गर्न नियमले मान्दैन भनेर हुँदैन । मान्छेको जीवनभन्दा ठूलो कुरा नियम हुँदैन । त्यसैले कतिपय जनप्रतिनिधिले गरिरहनुभएको पनि छ, गर्नुभएको छैन भने पनि अबदेखि गर्नुहुन्छ । म उहाँलाई आग्रह गर्छु, यस्तोमा खुट्टा कमाउनु हुँदैन ।

शिक्षा र रोजगारीमा पालिकाको भूमिका

पालिकाहरुमा कतै विद्यालय खुलेका छन्, कतै बन्द नै छन् । यसमा एकरुपता गर्ने हाम्रो प्रयत्न हुन्छ । कि त सबै ठाउँमा खोल्नुपर्छ, होइन भने सबै बन्द गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।

अहिले पालिकाहरुमा पनि एकरुपता देखिँदैन । तर मान्छे धेरै आउने जाने नभएका पालिकामा विद्यालय बन्द किन गर्नुपर्यो ? त्यस्तो ठाउँमा विद्यालय खुल्यो भने पालिकाले तलमाथि भयो भने विद्यालयले नै जिम्मा लिनुपर्छ भनिदिन्छ । यस्तोमा कसले खोल्छ ? विभिन्न विकल्प केन्द्र तहमा तय गर्ने र त्यो विकल्पको आधारमा आफू कुन विकल्पमा ठीक हुन्छ भनेर स्थानीय तहले छनौट गर्ने र त्यहाँको समुदायहरुलाई निर्णय गर्न लगाएर हामी अगाडि बढ्नुपर्छ ।

पालिकाले पनि आदेश दिने होइन । पालिकाको अधिकार भनेको आदेश दिने गर भन्ने बन्द गर भन्ने होइन । पालिकाको अधिकार भनेको कुनै चिज खोल्न आवश्यक छ कि छैन भन्ने हो । विद्यालय खोल्दाको प्रभाव कति सकारात्मक या नकारात्मक छ भन्ने कुरा बुझेर मात्रै पालिकाले अन्तिम निर्णय गर्ने हो । यसमा सहभागिता समुदायकै हुनुपर्छ ।

फागुन चैतदेखि विद्यालय बन्द भएका छन्, विद्यार्थीको पढाइमा त असर गरेको छ नै । तर त्यसलाई न्यूनीकरण गर्ने हो । कम नोक्सानी गर्ने गरी फेरि पनि कभर गरेर प्रयत्न गर्ने नै हो । शिक्षा मन्त्रालयले पनि सम्बन्धित पालिकाले यस्तो अवस्थामा यसरी खोल्ने भन्ने मापदण्ड बनाइदिनुपर्यो ।

सबै विद्यालयलाई एकैपटक खोल्नुपर्छ भन्ने छैन । आलोपालो गरेर खोल्न सकिन्छ । त्यो बस्तीमा कोरोना संक्रमणको अवस्था हेरेर खोल्न सकिन्छ । गाउँपालिकाहरुमा खासमा एकआपसमा भेटघाट त रोक्न सकिएको छैन नि ।

त्यही टोलको बालबालिका गाउँघरमा एकअर्कालाई भेट्ने, खेल्ने तर विद्यालयमा दूरी कायम गरेर पढ्दा कुनै अप्ठ्यारो मान्नुपर्दैन । त्यो समस्या नै भएन । बाहिरबाट आउने शिक्षकहरुलाई कसरी त्यहीँ राख्ने भनेर पनि व्यवस्था गरिनुपर्छ । अप्ठ्यारो भएको ठाउँमा पनि शैक्षिक गतिविधि त गर्नुपर्यो । पालिकाले अभिभावक, शिक्षक र व्यवस्थापन समितिको सहभागितामा निर्णय गरेर अघि बढ्नुपर्छ ।

रोजगारीको कुरामा मैले जति पनि गाउँपालिकाको नीति र बजेटको अध्ययन गरेको छु, त्यसमा कृषि, रोजगारी अभिवृद्धि गर्नको लागि, कतिपय ठाउँमा विदेशबाट आएकाहरुलाई त्यहीँ रोक्नको लागि कार्यक्रम, कतिपय ठाउँमा सुलभ ब्याजदर ऋण दिने जस्ता कार्यक्रमहरु ल्याएका छन् ।

नीति योजना भन्ने कहिलेकाहीँ शतप्रतिशतभन्दा माथि हुन्छ । कहिलेकाहीँ कार्यान्वयन गर्दा पचास प्रतिशत पनि सफल होला । तर अघिल्लो आर्थिक वर्षको नीति कार्यक्रम र यो वर्षको हेर्ने हो भने यो वर्ष निकै बढी भएको देखिन्छ ।
रोजगारी गुमाएकाहरुलाई रोजगार बनाउन अनुकूल कार्यक्रम र जनशक्तिको व्यवस्थापन गर्नुपर्यो । बेरोजगार भएका मानिसहरुको रुची केमा छ, उपलब्ध स्रोत साधन के छ भन्ने कुरामा ध्यान दिनुपर्यो ।

हामीलाई रोजगारीसँग सम्बन्धित ज्ञान भएका विज्ञ तथा जनशक्तिहरु चाहिन्छन् । हामीले जनशक्ति पाल्न सक्दैनौं भने पनि अल्पकालिनको लागि भए पनि उहाँहरुको सहयोग लिनुपर्यो । यसो गर्ने हो भने कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या पर्दैन ।
(गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष श्रेष्ठसँग कुराकानीमा आधारित) उज्यालोबाट

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

ताजा समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर