LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

पोखरियामा विशाल कुस्ती प्रतियोगिता सम्पन्न ।

राजन कुमार बानिया ।पर्सा ३० असोज
बिजयदशमीको अवसरमा पर्साको पोखरिया नगरपालिकामा आज बिसाल कुस्ती दंगल प्रतियोगितको उदघाटन प्रमुख अतिथि रहनु भएका पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरीले रिबन काटेर उदघाटन गर्नु भएको थियो।

दुर्गापुजा समिति र पोखरिया नगरपालिकाको वडा नं ४ ले आयोजना गरेको कुस्ती दंगल प्रतियोगिता पोखरियामा रहेको जिल्ला उचांगल रामदेव कलवार प्राविधिक नमुना मा.बी को चौरमा सम्पन्न भएको थियो। कुस्ती दंगल प्रतियोगितामा नेपाल भारतका दर्जनौ पहलवान हरुले कुस्तीमा भाग लिएका थिए।

कुस्ती दंगल प्रतियोगितामा नेपाल नवलपारासीका देवा थापाको बहिनी रुबी थापा महिला पहलवानले भारत पटनाको अनिता पहलवानलाई प्राजित गरि अाफ्नो कुस्ती प्रतिभा हेराएका थिईन । कुस्ती दंगल प्रतियोगितामा नेपालका नवलपरासी , बारा,पर्सा, रौतहट,र भारतको गोरखपुर,पडरौना,बनारस, जम्मु,बिहार पटना , लगायतका पहलवान हरुको सहभागिता रहेको थियो।कुस्ती दंगल प्रतियोगिता वडा अध्यक्ष लक्षमण साहकानूको अध्यक्षतामा सम्पन्न भएको थियो।

कुस्ती दंगल प्रतियोगिता कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,उपमेयर रूबी कुमारी ठाकुर ,पोखरिया नगरपालिकाको प्रथम मेयर दीपनारायण प्रसाद रौनियार, पोखरिया नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीवास्तव,नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता ,नेपाली काँग्रेसका क्षेत्रिय सभापती श्रीकिसुन चौहान,नेकपा नेता बिध्याचल ठाकुर , वडाअध्यक्ष नौसाद अालम,किसोरी साह, प्रमोद गिरी, प्रमान्नद कुर्मी, समाजसेबी रुपेस पाण्डे ,स्थानिय नेता शंकर यादव,नेपाली कांग्रेस नेता सकिम मियाँ ,रामबचन महतो, पोखरिया नगर कमिटी अध्यक्ष रामबाबु चौहान, नेकपा माअोबादी पोखरिया नगर अध्यक्ष पानालाल पटेल, नेपाली कांग्रेस केन्द्रीय महाधिबेसन प्रतिनिधी,ललन दुबेदी, शैलेन्द्र प्रसाद यादव , बिपिन मुखिया, दिपक ठाकुर, अतिथि लगायत हजारौको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो। रहेको थियो। नेता हरुले कुस्ती दंगल प्रतियोगितामा पहलवान हरुलाई हाथ मिलाएर कुस्ती खेल हरुलाई पुरस्कार समेत बितरण गर्नु भएको थियोे

ताजा समाचार

लोकप्रिय