LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

वीरगंज, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिदाको दिन पनि सरकारी अस्पतालहरूमा ओपीडी (बहिरंग) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कामको चाप र जनशक्ति व्यवस्थापनलाई ध्यानमा राख्दै सेवा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार अस्पतालहरूले आफ्नो कार्यभार (वर्कलोड) र उपलब्ध जनशक्तिका आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।

यसका साथै कर्मचारीहरूलाई शनिबारबाहेक हप्तामा अर्को एक दिन गरी दुई दिन बिदा दिने वा आवश्यक परे सट्टा बिदा उपलब्ध गराउने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अस्पतालहरूले आइतबारको हकमा आफ्नो वर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने तथा कर्मचारीलाई साप्ताहिक दुई दिन बिदा सुनिश्चित गर्ने ।”

प्रादेशिक अस्पतालहरूमा समेत यो व्यवस्था लागू गर्न निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यसैबीच, निर्देशन अनुसारनारायणी अस्पतालमा पनि आइतबार ओपीडी सेवा सञ्चालन हुने भएको छ। अस्पतालका मेसु डा। चित्तरञ्जन साहका अनुसार आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी सेवा नियमित रूपमा सञ्चालन हुनेछ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयको निर्देशनपछि आइतबारको सेवा निरन्तर रहने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको