LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया,पर्सा १० पुस । पर्साको धोबिनी गाउँपालिका वडा नं. २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा बिहिवार निशुल्क आँखा शिविर सम्पन्न भएको छ।

धोबिनी गाउँपालिकाले आयोजना गरेको निशुल्क आँखा शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद  चौहानले आफ्नो आँखा चेकजाँच गराई उद्घाटन गर्नु भएको थियो। नारायणी आँखा अस्पताल बिरगंजको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिविरमा १८० जनाले आँखा परिक्षण गराएको थियो भने ३९ जनामा मोतियाबिन्दु रोगि फेलापरेको गाउँपालिकाका शिक्षा प्रमुख जितेन्द्र चौहानले जनाएका छन।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष देबेन्द्र पटेल, वडा अध्यक्ष मनौवर  अहमद, अबास मियाँ बन्दु साह तेली,शिक्षा शाखा प्रमुख  जितेन्द्र चौहान,स्वास्थ्य केन्द्र  प्रमुख संजय यादव,नारायण सुन्दर मंडल,डाक्टर दिपक राज बिस्ट,धिरज कुमार साह,किसोर यादव,रामप्रसाद यादव,लगायत स्थानिय हरुको सहभागिता रहेको थियो। शिविर बाट स्थानीय बासिन्दाहरूलाई ठूलो सहयोग गरेको छ, विशेष गरी ग्रामिण  क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सुविधामा सहज पहुँच पुर्‍याएको छ।

शिविरको आयोजना र व्यवस्थापनले स्थानीय क्षेत्रमा स्वास्थ्य सेवाको महत्व र जनचेतनाको आवश्यकता झल्काएको छ। यो प्रयासले धेरैलाई उपचारका लागि सही दिशा देखाएको छ र स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।निशुल्क आँखा शिविर चेकजाँच मा निशुल्क आषधी बितरण गरिएको थियोे । आँखा शिविरमा पहचान गरि  निस्किएको मोतियाबिन्द बिरामी हरु लाई  नारायणी आँखा अस्पताल बिरगंज मा शल्यक्रिया (अप्रेसन) गर्ने आयोजक संस्था ले जनाए का छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको