LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

भदौं, २४ वीरगंज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू अवधि थप गरेको छ। प्रशासनका अनुसार आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यू लागू हुनेछ।

गए राति ९ बजेदेखि लागू भएको कर्फ्यू आज बिहान ९ बजे सकिएपछि शहरमा चहलपहल बढेको थियो। तर विभिन्न चोकमा युवाहरू भेला भई सरकारविरुद्ध नाराबाजी सुरु गरेपछि स्थिति नियन्त्रणमा लिन थप समयका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तोपनारायण सुवेदीले जानकारी दिए।

कर्फ्यू अवधिभर तोकिएको क्षेत्रभित्र आवत–जावत, सभा, जुलुस, प्रदर्शन, बैठक तथा कुनै पनि प्रकारका भीडभाड पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यू क्षेत्र तोकेको छ।

यद्यपि, अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई भने छुट दिइएको छ। एम्बुलेन्स, दमकल, पानी ट्याङ्कर, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सवार सवारीसाधन, सञ्चारकर्मी, पर्यटक, मानवअधिकारकर्मीका सवारीसाधन, कूटनीतिक निकायका सवारीसाधन र हवाई टिकट देखाएर यात्रामा निस्किएका यात्रुका सवारी साधनलाई कर्फ्यू आदेश लागू हुने छैन।

प्रशासनले जनताको सुरक्षालाई ध्यानमा राख्दै सबैलाई कर्फ्यू आदेश पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको