LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

भदौं, १६ वीरगंज । वीरगंजको छपकैया नाकाबाट प्रहरीकै मिलेमतोमा रातभरी तस्करी भईरहेको छ ।
भारतको रक्सौल पन्टोका बेलहियाबाट वीरगंजको छपकैया, ईनर्वा, सिर्सिया हुँदै लत्ता कपडा, काजु, खसी बोका र ईलेक्ट्री पार्टपुर्जा लगायत दैनिक उपभोग्य सामानको रातभरी तस्करी भईरहेको छ । यस्तै, बाराको बलिरामपुर नाकाबाट वीरगंजको नागवा हुँदै यी सामानहरुको तस्करी भईरहेको छ ।

सीमानाकाबाट हुने अपराधिक गतिबिधी चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरे पनि वडा प्रहरी कार्यालय विर्ता, प्रहरी चौकी छपकैया र सशस्त्र प्रहरी बल बिओपी छपकैयाको मातहतमा पर्ने वीरगंजको छपकैया नाकाबाट वीरगंजका नामुद कपडा तथा काजु तस्कर जितु, बबन, रंजित, गम्भिरा, हरिन्द्र पटेल, लगायतका तस्कर रातभरी तस्करी गर्न लाईन पाएका छन् ।

यी तस्कर समूहहरुले बिर्ता लगायत मातहतका प्रहरी अधिकारीहरुलाई मिलाएर रातीको समयमा दर्जनौं महिला भरिया, मोटरसाईकल, ई–रिक्शा लगायतको माध्यमबाट तस्करी गरिरहेका छन् ।

त्यहाँबाट निर्वाज रुपमा भईरहेको तस्करी वापतको असुलीका लागि वडा प्रहरी कार्यालय बिर्ताका ईन्स्पेक्टर निरोध चौलागाईले अघोषित घुमुवा नै परिचालन गरि असुलीमा लागेका छन् भने प्रहरी चौकी छपकैयाका सई मनिष पराजुली तस्करको घर–घरमा पुगि असुली गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

जितु, बबन, आकाश, मन्जु, हरिन्द्र, गम्भिरा, रंजित लगायतका तस्कर सहित वीरगंजको आदर्शनगरमा संचालन रहेको दर्जनौं ट्रान्सपोर्टहरुबाट इन्स्पेक्टर चौलागाईले दुई जना प्रहरी जवानलाई परिचालन गरि असुलीमा लागेको छन् ।

हप्ता वा महिना नबित्दै सरुवा हुने लिस्टमा पर्ने बिर्ताका इन्स्पेक्टर चौलागाईले हालसम्म लाखौं करोडौं मूल्य बराबरको लत्ता कपडा, ईलेक्ट्रिक पार्टपूर्जा, दैनिक उपभोग्य खाद्यान्न सामग्री बरामद गरेको प्रतिवेदन देखाए पनि यी तस्करी गर्ने तस्करलाई भने कारबाही गरेका छ्रैनन् ।

जबकी तस्करी नियन्त्रण ऐन, २०१९ को धारा ३ (तस्करी अपराधको परिभाषा) र धारा ५ (तस्करीमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने प्रावधान) अनुसार, सीमा क्षेत्रमा कुनै पनि प्रकारका गैरकानूनी सामानको ओसारपसार गर्नेलाई १० वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।

तर प्रहरी निरिक्षक (इन्स्पेक्टर) चौलागाईले सेटिङ्ग नमिलेको बेला माल समात्ने र पछि बार्गेनिङ्गमा तिनै समूहसंग मिलेर अवैध आयात अर्थात तस्करी गराउँदै अवैध माल कमाउन लागेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको