LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

वीरगन्ज । पर्सा जिल्लामा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१२ निवासी २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक रहेका छन्।

उनीहरूले बारा, कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीर प्रसाद साहलाई अपहरण गरेको आरोपमा पक्राउ गरिएको हो। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, साहलाई वैशाख १६ गते राति करिब पौने १० बजे वीरगन्ज महानगरपालिका–१२ स्थित मुर्लीबाट सकुशल उद्धार गरिएको थियो।

प्रहरीका अनुसार अपहरणपछि आरोपीहरूले पीडितका परिवारसँग फिरौती रकम मागिरहेका थिए। सूचना प्राप्त भएपछि सक्रिय रुपमा अपहरणकारीको खोजी गर्दै प्रहरीले पीडितलाई सुरक्षित रुपमा उद्धार गरेको हो।

चारै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

घटनाले वीरगन्ज क्षेत्रमा आपराधिक गतिविधि बढ्दो अवस्थामा रहेको देखाएको छ। यसले स्थानीयवासी तथा प्रहरी दुवैलाई सतर्क रहन सन्देश दिएको छ। प्रहरीले यस्ता घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको