LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले दुबै देशका सीमा सुरक्षा अधिकारीहरूबीच भएको बैठकले सीमावर्ती आवतजावतमा सरकारी परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ। भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारणस्थित तीनलालटेनमा हालै सम्पन्न उक्त बैठकमा ओहोरदोहोर गर्ने नेपाली र भारतीय नागरिकले अबदेखि परिचय खुल्ने सरकारी कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्ने सहमति भएको हो।

बैठकमा नेपालका तर्फबाट पर्सा र बाराका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल र खुमबहादुर केसी सहभागी थिए। भारतीय पक्षबाट सीमा सुरक्षा बल (एसएसबी) का ४४ र ४७ नम्बर बटालियनका अधिकारीहरू सहभागी थिए।
पहिले हवाई तथा रेलमार्ग प्रयोग गर्ने यात्रुहरूका लागि मात्र परिचयपत्र अनिवार्य थियो। तर खुला सीमाबाट, विशेषतः सीमावर्ती बजार क्षेत्रहरूमा, मानिसहरू सजिलै आवाजजावत गर्दै आएका थिए। अहिलेको निर्णय अनुसार अब खुला नाकाबाट पनि परिचयपत्र देखाएर मात्र सीमा पार गर्न पाइनेछ।

दुवै देशका सुरक्षा अधिकारीहरूले यो कदम सीमा सुरक्षालाई थप कडा बनाउने र अवैध क्रियाकलापमा संलग्न हुनेहरूलाई रोक्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय सीमा क्षेत्रबाट हुने अवैध ओसारपसार, मानव तस्करी तथा अन्य आपराधिक गतिविधिहरूमा वृद्धि हुँदै आएको छ। यस्तो अवस्थामा आवतजावतमा कडाइ गर्नु अपरिहार्य भएको अधिकारीहरूको भनाइ छ।


स्थानीयवासीले यो निर्णयले केही असहजता ल्याउन सक्ने बताएका छन्, तर दीर्घकालीन सुरक्षाका लागि यो कदम आवश्यक र प्रभावकारी हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको