LIVE 
महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण | ढकमक्क फुलेको गुलमोहरले सजायो वीरगंज | युवा जनमत संघ वीरगञ्ज महानगर समितिद्वारा बिरामीलाई खाने पानी वितरण | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई सिलिङ्ग पंखा हस्तान्तरण | धोबिनी गापाको जगरनाथपुरमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत वितरण |

लालबाबु बानिया पर्सा २७ चैत। पर्साको धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियामा गयरात्री भएको अागलगीमा मुस्लिम हरुको ईद पर्वको लागि खरिद गरिएको कपडा ईदमा लागने समान हरु जलेर नष्ट भएको अग्नि पिडित मनिफ मियाँले जनाएका छन। अलाह भगवानले मेरो सबै छिनेर मलाई घरको ना घाटको बनाउनु भएको हो। अागलगीमा मेरो घर समेत घरमा रहेको अनाज कपडालता , भाडाकुडा ,गरगहना नगद, र ईद पर्व को लागि खरिद गरिएको समान हरु सहित जलेर नस्ट भएको छ। अहिले मेरो हाथमा ईद मनाउनको लागि केही छैन। भगवानको के बिगाडेको थिएकि एकै रातमा मेरो सपना चकनाचुर गरिदिनु भएको छ।अग्नि पिडित मियाँको श्रीमती फुलगेनिया खातुनले रुदै भन्नि हाम्रो मुस्लिम समुदायको ठूलो पर्वको रुपमा मानिन्छ ईदको लागी हिजो गएर अाफ्नो दुई जना छोरा ,दुईजना छोरी ,अाफ्नो र अाफना श्रीमान र सासू ससुराको लागि लताकपडा खरिद गरि लिएर अाएका थिए। अरु ईद पर्वमा लागने समाग्रीहरु खरिदगरेको थिए तर अलाह भगवानले रात भरीमा मेरो घरपरिवार लाई बिचल्ली बनाई दिनु भएको छ। अहिले हामी काहा ईद मनाउन एक रुपैया छैन । जस्को कोही हुदैन ,जस्को भगवान हुन्छ,भगवानै भरोसा बसेकि छु। अहिले हाम्रो घर सहित पुरै समप्ती जलेर खरानी बन्यो अहिले ना मेरो हाथमा पैसा छ न बास बसनलाई छपर मेरो परिवार बिचल्लीमा परेको पिडित खातुनले सुनाईन दुखेसो। यस्ता अवस्थामा सहयोग गरिदिन अाग्रह समेत गरिन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको