LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बीरगन्ज,५ भदौ – पर्साको छिपहरमाई गाउँपालिका वडा नं.३ झलमैहीयामा भएको जग्गा खरिद बिक्रिको बिवादले अर्कै मोड लिएको छ । जग्गा खरिद गर्ने व्यक्ति रामेश्वर साह कानुले खरिद कर्ता तथा बिक्रि कर्ता छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकी निवासी तारा देवी बिच कुनै बिवाद नरहेको बताएका छन् ।

उनले बीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले स्थानियहरुलाई लडाउन खाजेको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कानुले स्थानियहरुको रोहबरमा दुई कठ्ठा जग्गा खरिदका लागि आफुले तारा देवी लाई १२ लाख ४६ हजार रुपैया दिएको बताए ।
स्थानिय भद्र भलादमीहरुकै आग्रहमा आफु जग्गा खरिदका लागि अग्रसर भएको र सहमतीमै प्रति कठ्ठा १० लाख ५० हजार रुपैया मोल कायम गरिएको र निज देवीले कागज पनि बनाई दिएको बताए ।

उनले देवी जग्गा पास गर्न आलटाल गर्दा आफुले ठग्गी मुदा दिएको भएपनि कुटपिट नगरेको बताए । इलाका प्रहरी कार्यालय पोखरीयाबाट सकुशल घर फर्किएकी देवीले पैसा दम्पच गर्न झुठा आरोप लगाएको तथा आफ्नो परिवारलाई बदनाम गर्न खाजेको कानुले आरोप लगाए ।

गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता एवं जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मिया उपस्थित रहेको छलफलमा स्वमं गुप्ताले नै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट देवीलाई घर लगेको बताउँदै कानुले भोली पल्ट कुरालाई अर्कै रुप दिन खाजिएको आरोप लगाए । चुनावमा सहयोग नगरेको भन्दै अध्यक्ष गुप्ता सहितका केहि व्यक्तिहरुले आफुहरुसँग राजनितिक प्रतिसोध साध्न खाजेको कानुको आरोप छ ।

पत्रकार सम्मेलनमा कानुले देवीको जग्गा लिलामीमा रहेको तथा उक्त जग्गालाई लिलामीबाट बचाउन आफुले स्थानिय भद्र भलादमीहरुकै आग्रहमा सहकारी बैंक एवं बिभिन्न व्यक्तीहरुलाई दिनका लागि पैसा दिएको बताए । उनले उक्त पैसा र जग्गाको मोल अनुसार थप रकम दिएर दुई कठ्ठा जग्गा पास गर्ने सहमती पनि बनेको पत्रकार सम्मेलनमा बताए ।

जेनतेन गरी जग्गा पासका लागि देवी सहित उनका परिवारका सदस्यहरु राजी भएको भएपनि पहिलो दिन समय अभावका कारण मालपोत कार्यालयमा केही काम भएको तथा थप कामका लागि भोली आउने सहमती बनेको कानुले बताए । तर गाउँपालिका अध्यक्ष मनोज गुप्ताको उस्काहटमा परी देवी आफ्नो वाचाबाट पछि हटेको एवं उल्टै झुठा आरोप लगाई आफुहरुलाई फसान खाजेको आरोप लगाए । यता जग्गाधनीले जग्गाको मोल कम भएको

दावी गरी रहदा खरिद कर्ता रामेश्वर कानुले जग्गा नदिए आफुसँग लिएको रकम फिर्ता गर्नु पर्ने माग राखेका छन् ।
कानुले गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो पार्टीमा आए बिवाद मिलाई दिने नआए आफ्नो रकम खर्च गरी औकाद हेराई दिने भन्ने गरेको पत्रकार सम्मेलनमा आरोप लगाए । पत्रकार सम्मेलनमा कानुका परिवारका सदस्य,स्थानिय युवा नेता शेष अमान लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको