LIVE 
वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित |

काठमाडौं : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन माग गर्दैै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको छ।

नेवि संघ र अखिल क्रान्तिकारीले बालुवाटार अगाडि प्रदर्शन गर्न लागेका हुन्। गभर्नर अधिकारीको राजीनामाको माग गर्दै आएका विद्यार्थी संघले अब सरकारले उनलाई हटाउनुपर्ने बताएका छन्।

नेकपा (एमाले)को केन्द्रीय विभागमा नाम आएपछि विवादमा तानिएका गभर्नर अधिकारीको विरोध हुँदै आएको छ। विद्यार्थी संगठनले उनको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्।

उनले राजीनामा दिन नखोजेपछि विद्यार्थीले हटाउन माग गरेका हुन्। यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बताए।

प्रदर्शनमा नेविसंघका अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहभागी हुने भएका छन्। उनीहरुले विरोध कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको