LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

वीरगञ्ज,२३ चैत । पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा प्रदान गर्दै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आन्दोलनमा उत्रिँदै आफ्नो सेवा ठप्प पारेका छन्। नयाँ सरकार गठनसँगै प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा धरपकड सुरु गरेको विरोधमा उनीहरूले अनिश्चितकालीन हड्ताल घोषणा गरेका हुन्।

गत शुक्रबार पर्साको पोखरिया मालपोत कार्यालयबाट प्रहरीले बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएपछि आन्दोलन थप चर्किएको हो। यस घटनालाई व्यवसायीहरूले अन्यायपूर्ण र लक्षित कारबाहीको रूपमा लिएका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी, भूमीसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापढी व्यवसायीहरूले हड्तालमा सहभागिता जनाएका छन्। एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार आइतबार बसेको बैठकको निर्णयअनुसार सरकार र प्रहरी प्रशासनको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरिएको हो।

अध्यक्ष यादवले लेखापढी व्यवसायीहरूलाई बिना कारण कार्यालय परिसरभित्र तथा बाहिरबाट समेत पक्राउ गरिएको आरोप लगाएका छन्। उनले नेपाल सरकारको नियमअनुसार भु–सेवा केन्द्र सञ्चालन अनुमति लिएर कानुनी रूपमा काम गर्दै आएको अवस्थामा विभिन्न बहानामा धरपकड गरिनु खेदजनक भएको बताएका छन्।

उनले विभिन्न जिल्लाबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न मागसमेत गरेका छन्। साथै, व्यवसायीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

अध्यक्ष यादवका अनुसार पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १२१ जना तथा लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सयभन्दा बढी व्यवसायी रहेका छन्। यसले ठूलो संख्यामा नागरिक सेवा प्रवाहमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको देखाउँछ।

हड्तालका कारण सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। मालपोत, नापी, अदालत तथा प्रशासन कार्यालयमा हुने दैनिक कामकाज अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। साथै, सरकारी सेवा प्रवाहमा समेत उल्लेखनीय असर परेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको