LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

वीरगन्ज, १९ फागुन । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदान अघिको ४८ घण्टादेखि मौन अवधि सुरु गरेको छ। निर्वाचन व्यवस्थापनका दृष्टिले यो अवधिको विशेष महत्त्व रहने जनाइएको छ।आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारका निर्वाचन प्रचारप्रसार, सभा, सम्मेलन, अन्तरक्रिया, कार्यशाला वा गोष्ठी गर्न पाइँदैन। बाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने, जुलुस प्रदर्शन गर्ने वा हुलहुज्जत तथा होहल्ला गर्नसमेत निषेध गरिएको छ।

यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा शेयर गर्न पाइँदैन। साउण्ड सिस्टम, एसएमएस वा अन्य माध्यम प्रयोग गरी मत माग्नसमेत रोक लगाइएको छ।

मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता, मतदान केन्द्र वा त्यहाँ खटिएका कर्मचारीलाई बाधा पुर्‍याउने कुनै पनि गतिविधि गर्न नपाइने आयोगले स्पष्ट पारेको छ।

साथै, राजनीतिक दल तथा उम्मेदवारले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्नेछ। मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका प्रचार सामग्रीसमेत ४८ घण्टा अगावै हटाउन निर्देशन दिइएको छ।

आयोगले मतदान केन्द्र र वरपर शान्ति कायम राख्न, भय–त्रास सिर्जना नगर्न र निर्वाचनको वातावरण नबिथोल्न सबै सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको