LIVE 
रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न |

वीरगञ्ज,१० फागुन। नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार उनले बालबालिकालाई चुनावी प्रचार–प्रसारमा प्रयोग गरेको पाइएको छ।निर्वाचन आचारसंहिताको परिच्छेद–४ को दफा १३(ट) मा निर्वाचन प्रचार–प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट व्यवस्था गरिएको छ। तर पनि उम्मेदवार यादवले घरदैलो कार्यक्रमका क्रममा बालबालिकाहरूको हातमा नेकपा एमालेको ‘सूर्य’ चुनाव चिह्न अंकित झण्डा दिई प्रचार कार्यक्रममा सहभागी गराएको आरोप छ।

स्थानीयवासीका अनुसार उक्त गतिविधिको स्पष्ट भिडियोसमेत सार्वजनिक भएको छ, जसमा बालबालिकाहरू चुनावी झण्डा बोकेर नाराबाजीसहित कार्यक्रममा सहभागी भएको देखिन्छ। निर्वाचन आयोगले बालबालिकालाई प्रचार–प्रसारमा प्रयोग गर्न कडाइका साथ प्रतिबन्ध लगाउँदै आएको भए पनि सो निर्देशनको बेवास्ता गरिएको आरोप लगाइएको छ।

निर्वाचनको संवेदनशील समयमा बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउनु कानुनी र नैतिक दुवै दृष्टिले अनुचित मानिन्छ। बाल अधिकारसम्बन्धी मापदण्डअनुसार पनि बालबालिकालाई कुनै पनि राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु उनीहरूको हितविपरीत हुने सरोकारवालाहरूको भनाइ छ।

यस घटनापछि स्थानीय स्तरमा निर्वाचन आयोगले के कदम चाल्छ भन्ने चासो बढेको छ। यदि उल्लंघन पुष्टि भए आयोगले चेतावनी, स्पष्टीकरण माग वा अन्य कानुनी कारबाही गर्न सक्ने प्रावधान रहेको छ। अब प्रश्न उठेको छ—निर्वाचन आयोगले प्रदीप यादवमाथि कारबाही गर्छ कि गर्दैन?

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको