LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

बिरगंज, १० मंसिर । युवा नेता साहरुख मंसुरीले प्रधानमन्त्री सुसिला कार्कीले हालै मुस्लिम महिलासम्बन्धमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर असन्तोष जनाएका छन्। उनले प्रधानमन्त्रीले संवेदनशील विषयमा पर्याप्त अध्ययन र बुझाइबिना टिप्पणी गरेको आरोप लगाउँदै कडा चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया व्यक्त गर्दै मंसुरीले प्रधानमन्त्रीलाई सत्यतथ्य बुझेर मात्र बोल्न आग्रह गरे। उनले भने, “प्रधानमन्त्रीज्यू, हजुरले व्यक्त गरेका धेरै कुरा बारम्बार गलत साबित भइरहेका छन्। सत्य–तथ्य बुझेर बोलिदिनुहोस्। महिलाका संवेदनशील विषय महिलाले नै गहिरोसँग बुझ्न सक्नुपर्छ नि हजुर।”

उनका अनुसार, प्रधानमन्त्रीको उक्त टिप्पणी मुस्लिम समुदायको भावना विपरीत मात्र नभई अनावश्यक विवाद सिर्जना गर्ने प्रकृतिको छ। देशको सर्वोच्च कार्यकारी पदमा रहेकाले सबै जाति, धर्म, समुदाय र संस्कृतिप्रति समान सम्मानजनक भाषा प्रयोग गर्नुपर्ने र पदको मर्यादा कायम राख्नुपर्ने मंसुरीको तर्क छ।

घटनापछि मुस्लिम समुदायका विभिन्न प्रतिनिधिहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै आलोचना थालेका छन्। उनीहरूको भनाइमा, धार्मिक तथा सांस्कृतिक संवेदनशील विषयमा सरकार प्रमुखले प्रयोग गर्ने शब्दले प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता टिप्पणी अत्यन्तै सावधानीपूर्वक गर्न आवश्यक हुन्छ।

समुदायका अगुवाहरूले यस विषयमा सरकारसँग आधिकारिक स्पष्टिकरण माग्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनीहरूको अनुसार, मुस्लिम महिलाको अधिकार, धार्मिक संवेदनशीलता र सामाजिक सम्मान जस्ता विषय अत्यन्त महत्वपूर्ण भएकाले यसबारे हल्का टिप्पणी स्वीकार्य हुँदैन।

यस घटनापछि मुस्लिम महिला अधिकार, धार्मिक सम्मान, विविधताको संरक्षण, राजनीतिक अभिव्यक्तिमा संवेदनशीलता र नेतृत्वको जिम्मेवारीबारे सार्वजनिक बहस समेत चर्किंदै गएको छ। मंसुरीले प्रधानमन्त्रीले अविलम्ब आफ्नो अभिव्यक्ति स्पष्ट पार्नुपर्ने र यदि गलत बुझाइ भएको हो भने सच्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको