LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगंज,११ असोज । ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको बहानामा अवैध रकम असुल्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको परवानीपुर ट्राफिक प्रहरीले चेकजाँचको बहानामा सवारीसाधनहरु सित पैसा उठाईरहेको समाचार प्राप्त भएको छ ।

ट्राफीक प्रहरीका प्रहरी नायब निरीक्षक मीन बहादुर अहिले आईसिपी भन्सार र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने अथवा विभिन्न सवारीसाधनहरुबाट विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको चालकको आरोप छ ।

मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । तर सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।

ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत परवानीपुर लगाएत विभिन्न ठाउँमा रहेका कलकारखानाहरुबाट ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ ।

प्रत्येक दिन संयोंको संख्यामा सवारी साधन ओहोर दोहोर गर्ने परवानीपुर चोकमा सवारी चालकहरुले ट्राफिकको असुली धन्दा दिनानु दिन भईरहेको छ । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभर लोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेंटहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन् ।

क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँ जरीवाना तिराउन सक्छ । जरीवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा ट्राफिक प्रहरीले अनाधिकृत रकम लिएर छाड्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको