LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

भदौं, १९ वीरगंज । यातायात व्यवस्था कार्यालय कलैयामा भ्रष्टाचारजन्य कार्यहरु बढीरहेकोमा सेवाग्रहीहरु सास्ती भोग्न बाध्य भएको समाचार प्राप्त भएको छ । कार्यालय प्रमुख अविन्दर दासले मोटरसाईकल फाँट, टेक्टर फाँट, ठूलो सवारी फाँट, लेखा फाँट, प्राविधिक फाँट लगायतकाहरुमा दररेट तोकेर मासिक रुपमा असुली गर्न थाले पछि फाँटका आधिकारीक कर्मचारीहरु सेवाग्रहीहरुलाई दुहुनो गाई बनाएको स्रोतले जनाएको छ ।

सेवाग्रहीहरु सँग फाँटका कर्मचारीहरुले आफै घुसको रकम नलिई आफ्ना बिचौलियाहरु मार्फत लिने गरेको बताईन्छ । कार्यालयको प्रायः फाँटहरुमा बिचौलियाहरु राखिएको छ, जुन कर्मचारीहरुको हैसियतमा अनाधिकृत तरिकाले कुर्सीमा बस्ने गर्दछन् ।

सेवाग्रहीहरु ती कार्यालयको आधिकारीक कर्मचारी हो भन ठानेर मरमोलाई गरी आफ्नो काम गएका एक सेवाग्रहीले नाम नछाप्ने शर्तमा बताए । सो कार्यालयमा करिब डेढ दर्जन बिचौलियाहरु फाँटहरुमा बस्ने गरेको सहजै हेर्न सकिन्छ ।

कार्यालय प्रमुख अविन्दर दास यस भन्दा अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतमा भ्रष्टाचार मुद्दा दायर गरेर विशेष अदालतमा मुद्दा जितेका दास अहिले झन् बढी ‘कमाई’ को धन्दामा तल्लीन छन् । उनले बारा यातायात कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेपछि त्यहाँ खुलेआम ‘घुस दररेट’ तोकेर लाइसेन्स बितरण गर्न थालिएको छ ।

सवारी शाखाको अलावा सवारी चालक अनुमति पत्रमा पनि लिखित प्रमुख र ट्रायल प्रमुखको मिलोमतोमा व्यापक अनियमित्ता भईरहेको स्रोतको कथन रहेको छ ।

सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई रकम लिएर पास गराउने कार्य भईरहेको ती स्रोतले जनाएको छ ।
यस सन्दर्भमा कार्यालय प्रमुख अविन्दर दास सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा कल फरवार्ड गरेकोले सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको