LIVE 
वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास | भौतिक पुर्वाधार मन्त्रीका स्वकिय सचीव: रन्जित सिंहले दुई करोडको लागतमा सडक निर्माण कार्य शुरु गराए | पटेर्वा सुगौली गाउँपालिका सोनवर्षामा निःशुल्क रक्तदान कार्यक्रम सम्पन्न - Pradesh TV |

वीरगंज – भारतसंग जोडिएको पर्साको पश्चिमी ग्रामिण नाकाबाट हुण्डी कारोबार भईरहेको छ । पछिल्लो समय वीरगंज बजार क्षेत्रको सीमानाका प्रयोग गरि हुँदै आएको हुण्डी कारोबारलाई केही कडाई भएपछि भारतसंग जोडिएको पर्साको भिस्वा नाकबाट हुण्डी कारोबार भईरहेको हो ।

भिस्वा नाकाबाट हुण्डी कारोबार बढ्दै गएपछि त्यहाँ बिना लाईसेन्स भारतीय र नेपाली रुपैयाँ सटही गर्ने अवैध काउन्टर समेत दिनानुदिन बढ्दै गएको स्थानीयले बताएका छन् । वीरगंज क्षेत्रबाट काम गर्ने हुण्डी कारोबारको रकम पक्राउ पर्दै गएपछि ग्रामिण भेगमा पर्ने भिस्वा बजारलाई यसको बिकल्पको रुपमा लिईएको छ ।
सीमावर्ती क्षेत्र भिस्वामा अबैध कारोबार सहजै गर्न सकिने भएकाले तस्करहरूको ध्यान त्यतैतर्फ मोडिएको हो । अवैध रूपमा बिना लाइसेन्स सञ्चालित सटही काउन्टरहरूले दैनिक लाखौँ रुपैयाँ सटही गर्दै आएको स्थानीयको बताउँछन् ।

छिपहरमाई गाउँपालिका–५ भिस्वाका एक स्थानीयका अनुसार व्यापार र जागिरभन्दा छिटो पैसा कमाउने लोभमा केही पसल सञ्चालकहरू समेत अवैध सटही धन्दामा संलग्न छन् । सटही काउन्टर सञ्चालकहरूले दिनभर कामदारलाई ज्याला दिएर सिमानामा ओहोरदोहोर गराउँदै अवैध रूपमा हुण्डी कारोबार गरिरहेका छन् । प्रहरीले समेत मिलेमतो गरि मौन बसेपछि यो कारोबार झन् मौलाउँदै गएको छ ।

सटही काउन्टर तथा सहकारी संस्थाहरुबाट हुन्छ हुण्डी कारोबार

स्थानीयका आनुसार रेमिटेन्सको आडमा सहकारी संस्थाहरुका संचालक र कर्मचारीहरुको मिलोमतमा हुन्छ हुण्डी कारोबार ।
भारतका बिहार राज्य बेतिया जिल्लाको सिक्टा, मैनातार, इनार्वालाई हुण्डीका हब मानिन्छ । देश विदेशबाट बिभिन् माध्यमबाट अबैध भारतीय मुद्राहरु यी ठाउँहरुमा ल्याएर बचत तथा ऋण सहकारी संस्थाका संचालक र कर्मचारी तथा ज्यालामा काम गर्ने कामदारहरुको मार्फत हुण्डीको रकम भिस्वा बजार स्थित रहेको विभिन्न हुण्डीका काउन्टरहरुमा पु¥याइन्छ ।

हुण्डीका ती रकम बचत तथा ऋण सहकारी संस्था, अबैध रुपमा संचालनमा रहेको सटही काउन्टरहरु, किराना पसल, पान पसल लगायतको विभिन्न पसलहरुको मार्फत भारतीय मुद्रा ल्याई नेपाली रुपैयाँमा केहि प्रतिशत बट्टामा सटही गर्छन ।
भिस्वामा संचालनमा रहेको केहि सहकारी संस्थाहरुका संचालक र कर्मचारीहरु दैनिक ज्यालामा कामदारलाई प्रयोग गरी भारतको सिक्टा, मैनातार र इनार्वा नाकाबाट हुण्डीको पैसा नेपाल भित्रियाई सहकारी संस्थको रेमिटेन्स काउन्टमा हुण्डीको नगद रुपैयाँ राखी देश, बिदेशबाट आएको रुपैयाँ रेमिटेन्समा रिसिभ गरि हुण्डीको रुपैयाँबाट सेवाग्राहीलाई नगद दिई रेमिटेन्समा रिसिभ गरेको रुपैयाँ भारतीय हुण्डी कारोबारीबाट प्राप्त भएको रुपैयाँ नेपाली बैंक खातामा पठाईन्छ ।
यहि मात्र होइन दिन भरि कारोबार गरि नगद रुपैयाँ नसकेमा आफनै घर परिवारका ब्यक्तिहरु तथा कर्मचारीहरुलाई विभिन्न बैंकहरुमा पठाई बैंकको कर्मचारीलाई केहि पैसाको प्रलोभनमा पारी भारतीय हुण्डी कारोबारीहरुबाट प्राप्त भएको रकम नेपालको बैंक खातामा हाल्न लगाईन्छ ।
बिना लाइसेन्स सटही काउन्टरको बिगबिगी

भिस्वा नाकामा पसल खोल्ने नाममा केही व्यक्तिहरूले बिना अनुमतिपत्र भारतीय र नेपाली रुपैयाँ सटही गर्ने गरेको खुलासा भएको छ । सरकारले सटही कारोबारका लागि अनुमति अनिवार्य गरेको भए पनि यहाँका सटही काउन्टरहरू गैरकानूनी रूपमा सञ्चालित छन् । प्रशासनले ध्यान नदिँदा दर्जनौं नेपाली तथा भारतीय नागरिक ठगिँदै आएको स्थानीय बताउँछन् । जसले सरकारलाई ठूलो आर्थिक नोक्सानी पुर्याउने मात्र होइन, अपराध र भ्रष्टाचारलाई समेत बढावा दिएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको