LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

नेपाल पत्रकार महासंघ पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचन समितिले आज प्रमाणपत्र वितरण गरेको छ।

महासंघको सभाकक्षमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया र एसके चौरसिया, तथा कोषाध्यक्षलाई मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले प्रमाणपत्र प्रदान गर्नुभयो।

त्यसैगरी, सदस्यहरू अजित भूजेल, रितेश झा, प्रमोद यादव, बलिराम शुक्ला, आरोहण साह, प्रकाश तिवारी, र सुभास रामलाई पनि प्रमाणपत्र प्रदान गरियो। केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यमा निर्वाचित राघव साह, विजय कुश्वाहा, भरत सर्राफ, र शिवशंकर साहलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।

समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेष, महासंघका नवनिर्वाचित केन्द्रीय सचिव अशोक तिवारी, र निवर्तमान सचिव दीपेन्द्र चौहानले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत राजेन्द्र सिंहले गर्नुभएको थियो।

यो प्रमाणपत्र वितरणले नवनिर्वाचित पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति अझ प्रतिबद्ध हुने प्रेरणा दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको