LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

नेपाल पत्रकार महासंघ पर्सा शाखाका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचन समितिले आज प्रमाणपत्र वितरण गरेको छ।

महासंघको सभाकक्षमा आयोजित समारोहमा नवनिर्वाचित अध्यक्ष ओमप्रकाश खनाल, उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, सहसचिव अजय चौरसिया र एसके चौरसिया, तथा कोषाध्यक्षलाई मुख्य निर्वाचन अधिकृत शत्रुघ्न नेपालले प्रमाणपत्र प्रदान गर्नुभयो।

त्यसैगरी, सदस्यहरू अजित भूजेल, रितेश झा, प्रमोद यादव, बलिराम शुक्ला, आरोहण साह, प्रकाश तिवारी, र सुभास रामलाई पनि प्रमाणपत्र प्रदान गरियो। केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यमा निर्वाचित राघव साह, विजय कुश्वाहा, भरत सर्राफ, र शिवशंकर साहलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो।

समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेष, महासंघका नवनिर्वाचित केन्द्रीय सचिव अशोक तिवारी, र निवर्तमान सचिव दीपेन्द्र चौहानले मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत राजेन्द्र सिंहले गर्नुभएको थियो।

यो प्रमाणपत्र वितरणले नवनिर्वाचित पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति अझ प्रतिबद्ध हुने प्रेरणा दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको