LIVE 
रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न |

नवल यादब

कार्तिक १७ गते

रौतहट – प्रहरीले भन्सार छली ल्याइएको एक सय ३९ बोरा गँहुको बिउसहित पिकअप र एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रौतहटको गौर नगरपालिका–७ बाट प्रदेश २–०३–००१ च.२१३८ नं.को पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएको गँहुको बिउँ पक्राउ गरेको हो ।

पिकअपबाट २० बिलोको दरले बोरामा रहेको दुई हजार ७८० किलो गँहुको बिउ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।यस्तै बिउँसँगै पिकअपका चालक गौर नगरपालिका–७ बस्ने बर्ष ४४ को विरेन्द्र राय यादवलाई पनि नियन्त्रणमा लिइएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दामोदर केसीले जानकारी दिए । गाडी र गँहुको मुल्याँकन २४ लाख १७ हजार गरि आवशयक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको