LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

धिरज बारनवाल

वीरगंज । पर्साकाे जिल्लाको पकहाँमैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चाैधरी हाजिर भएका हुन् ।

 

गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा शुक्रबार हाजिर हुन पुगेका अधिकृत चाैधरीलाई गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहता,उपाध्यक्ष सरफून नेशा सहित जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

 

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहतासहित उपाध्यक्ष सरफुन नेसा, सबै वडाध्यक्षहरु र गाउँपालिका कर्मचारीहरुले अधिकृत चाैधरीलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।

 

साे अवसरमा बाेल्दै अधिकृत चाैधरीले आफु जनप्रतिधि र कर्मचारीकाे समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएकाे छ, त्यसरी नै तपाईहरुकाे सहयाेग र समन्वयकाे जरुरी छ ।”

 

मधेश प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयबाट अधिकृत चाैधरीलाई कार्तिक १५ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पकहाँ मैनपुर गाउँपालिकामा सरुवा गरेकाे थियाे ।

 

यस अघि अधिकृत चाैधरी बाराकाे करैयामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत थिए ।

 

पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाकाे जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको