LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

हेटौंडा । मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

 

बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकमा गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई रहेको छ ।

 

 

पक्राउ पर्नेमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेको प्रहरीको भनाई रहेको छ । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर प्राप्त गरेको र उनको विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया खघि बढाएको कार्कीको भनाई र

हेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको