मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गोली हान्ने चेतावनी दिएका छन् । हिन्दू र मुस्लिमबीच दंगा फैलाउन खोज्नेलाई यादवले गोली हान्ने चेतावनी दिएका हुन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । मधेसमा उद्रु विद्यालय स्थापना गर्ने बताएका यादवले आफूलाई भेट्न आउने हिन्दुवादीहरुले अत्याचार भएको भन्दै गुनासो गरेको बताए । गलत गरे लाठी मात्रै नभएर गोली नै ठोक्ने उनको चेतावनी छ ।