LIVE 
पर्सा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार जालिम मियालाई जिताउन भ्रष्टाचार मुद्दामा निलम्बित मनोज गुप्ता चुनावी प्रचारमा | बीरगंजको छोटी भन्सार पन्टोका नाका तस्करीको केन्द्र: नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी फस्टाउँदै | पर्साको ड्राईपोर्ट र परवानिपुरमा ट्राफिक प्रहरी ड्युटी भन्दा बढी सवारीसाधनहरु सित पैसा असुल्नमा व्यस्त | पर्सामा फस्टायो तस्करी, तारकेश्वर र नरेश सहित दर्जनौं तस्करलाई जिल्ला प्रहरीले दियो लाईन | वीरगन्ज भन्सारमा ‘कृष्ण–लीला’ सुरु, सेटिङ मिलाउन वस्तुको पहिचानै गायब | छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | धार्मिक सद्भाव र शान्तिका लागि वीरगञ्जमा सर्वपक्षीय बैठक: पाँचबुँदे सहमति | पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा सम्पन्न | भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री राज कुमार गुप्तालाई विशेष अदालतबाट थुनामा राख्न आदेश | वीरगंजमा आर्थिक चलखेलमा लाईसेन्स बिक्री हुँदै, असुली गर्दै यातायात कार्यलय र ट्राफिक कार्यालयका बिचौलिया |

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला समन्वय समितिले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सिफारिस गरिएको जसपा पर्साले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यमा भने पार्टी अध्यक्ष उपेन्द्र यादव समेतको नाम सिफारिस भएको छ । पर्सा क्षेत्र नं. ४ का लागि पार्टी अध्यक्ष यादव र जिल्ला सचिव तवरेज अहमदको नाम सिफारिस भएको छ ।

पर्सा क्षेत्र नं. १ का लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २ का लागि ४ जना र क्षेत्र नं. ३ का लागि २ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ मा प्रदेश सभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादवको नाम सिफारिस भएको छ भने क्षेत्र नं. ३ बाट डा. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस भएको छ ।

डाक्टर गुप्ता सांसद हरि नारायण रौनियारकी छोरी हुन् । संघीय समाजवादी फोरम नेपालबाट ०७४ सालको निर्वाचनमा निर्वाचित भएका रौनियार विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा छन् ।

प्रदेस सभा सदस्यतर्फ क्षेत्र नं. १ (क) फिरोज मिया मन्सुरी,जन्नत अन्सारी ,वृजमोहन तिवारीको नाम सिफारिस भएको छ ।फिराेज मियाँ मन्सुरी जसपा,नेपाल काे केन्द्रीय सदस्य एवं समाजवादी युवा संघ का केन्द्रीय सह-इन्चार्ज हुन ।२०७४ सालकाे निर्वाचनमा फिरोज मियाँ मन्सुरीले प्रदेश सभा सदस्यका लागि टिकट पाएका थिए र उमेदवारी समेत दर्ता भइसकेको थियाे।(अन्तिम समयमा अाएर प्रदिप यादवले फिराेज प्रदेश सभा सदस्यमा चुनाव लडे अाफु प्रतिनिधि सभा सदस्यमा चुनाव नलडने भन्दै अध्यक्षलाई धम्की दिएपछि पार्टी अध्यक्ष को बिषेस अाग्रहमा फिराेज मियाँ मन्सुरीकाे नाम फिर्ता भएको थियो र अन्तिम समयमा साेही स्थानमा जन्नत अन्सारी काे उमेदवारी परेको थियो,अन्सारी नेपाली कांग्रेसका वडा लेबलका कार्य कर्ता थिए तथा उनी तत्कालीन फाेरम मा उमेदवारी पछि प्रवेश गरेका हुन।वृजमोहनले प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरिदिन आग्रह गर्दै जिल्ला समन्वय समितिमा निवेदन दिएका थिए केन्द्रीय सदस्य एवं समाजवादी युवा संघ का केन्द्रीय सह-इन्चार्ज फिराेज मियाँ मन्सुरी ले बताए ।

क्षेत्र नं‍. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउत गद्दीको एकल नाम सिफारिस भएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नं‍. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिश भएको छ।

क्षेत्र नं‍. ३ को (क) का लागि, मञ्जुर अन्सारी, प्रमाेद जैसवाल ,शिव कुमार साह,र अनिल राउत कुर्मी र ख) का लागि गौरि शंकर साह, शिवजी सोनीको नाम सिफारिश भएको छ।

क्षेत्र नं‍. ४ को (क)मा मोहनलाल चौधरी र ख मा सिंहासन साह कलवारको नाम सिफारिस गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको