LIVE 
धोबिनी गापा-३ हरिहरपुरका बिरेन्द्र ठाकुर हजामको घर अगाडिबाट मोटरसाइकल चोरी | कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन | बिरगंज भन्सार बाट ICP रोड हुँदै परवानीपुर जादा ट्रक दुर्घटना मा ...... | पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण |

काठमाडौं : आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मक अति महायज्ञ शुरु हुँदैछ।

आज पत्रकार सम्मेलन गरेर साउन २ देखि १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिइएको हो। महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाइएको हो । पत्रकार सम्मेलनमा क्यानडाबाट आएका डा. गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको बताए। विभिन्न स्थान र कार्यालयमा काम गर्ने क्रममा आफूलाई टाउको दुख्ने रोग लागेको पनि उनले सुनाए।

निरन्तर दुख्ने टाउकोको उपचारको क्रममा योग र ध्यानबारे जानकारी पाएको भन्दै उनले योग र ध्यानले नै १५ वर्षे लामो टाउको दुख्ने समस्या निको भएको दाबी गरे।उनले भने, ‘नेपालमा आएर चिकित्सकहरुको सल्लाहअनुसार योग र ध्यानबाट १५ वर्षसम्म दुखेको टाउको निको भयो।’ ध्यानबाट नै सुख, समृद्धि र आनन्द प्राप्त गर्ने उनले सुनाए।

गुरुले दिने ध्यानको ज्ञानले नै जीवन परिवर्तन हुने बताए। अमेरिकामै पनि पूर्वीय सभ्यताको पछिल्लो समयमा निकै खोजी भइरहेको उनले सुनाए। जो जहाँ बसेपनि मानिसको अन्तिम लक्ष्य भनेकै आफ्नो देशको संस्कार र आध्यात्मिक चिन्तन रहेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको