LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

काठमाडौं : नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।

शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) विधिबाट भल्ब फेरिएको जानकारी दिए ।

भारतका मुटु रोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार सफतापूर्वक भल्बको प्रत्यारोपण हो । शल्यक्रिया गरिएको महिला तीन दिनमै निको भएर आजै डिस्चार्ज गरिएको उनले बताए ।

मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्ब साँधुरोपछि रोगलाई एओर्टिक स्टेनोसी भनिन्छ । ‘एओर्टिक भल्ब साँघुरो भएपछि मुटुबाट शरीरलाई चाहिने जति रगत जान पाउँदैन । जसका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छ,’ डा. अधिकारी भन्छन् ।

यसभन्दा अगाडी एओर्टिक स्टेनोसी लागेका बिरामीलाई छाती चिरेर भल्ब प्रत्यारोपण हुँदै आएको थियो। तर, वृद्धवृद्धामा अन्य प्रकारका जटिल रोगहरु र शारिरीक दुर्बलतासमेत हुने भएकाले शल्यक्रिया बढी जोखिम हुन्छ ।

डा.अधिकारी भन्छन्,‘ टिएभीआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथरेटरद्वारा मानव निर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिएको हो ।’

 

बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कठिनाइहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने चिकित्सक बताउँछन् ।

प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महशुस हुन्छ । सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो ।

‘टिएभीआई विधिबाट शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ,’ डा. अधिकारी भन्छन् ।

‘यो प्रत्यारोपण जसरी पनि सफल बनाउनपर्छ भन्ने भावना थियो । उहाँलाई डिस्चार्ज गरी घर पठाउन केन्द्र सफल भएको जानकारी गराउन पाउँदा हामी खुसी भएका छौं,’ अधिकारी थप्छन् ।

मानिसको उमेर बढ्दै जाँदा मुटुको भल्बमा क्याल्सियम जम्मा हुन्छ र बिस्तारै साँघुरो हुने हुन्छ । एओर्टिक स्टेनोसिसका गम्भीर लक्षण देखिएका बिरामीको दुई बर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने अध्ययनले देखाएको छ ।

डा. अधिकारीका अनुसार यो पद्धतिबाट उपचार गर्न २० देखि २५ लाख लाग्छ । ‘अबदेखि यही उपचार गर्न कोही नेपाली बाहिर देश जानुपदैन,’ डा. अधिकारी भन्छन्,’ भारत तथा अन्य मुलकभन्दा ५० प्रतिशत सस्तोमा नेपालमा उपचार गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको