LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

काठमाडौं : इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । आफूहरुको माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

निगमबाट पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको अनुपातमा ढुवानी भाडा कायम हुनुपर्ने समितिका अध्यक्ष एवं नेपाल एलपी ग्याँस उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीले बताए । १५ दिन भित्र माग सम्बोधन नभए आन्दोलमा गर्न बाध्य हुने उनको भनाइ छ ।

पेट्रोलियम ऐन बनाई लागू गरिनुपर्ने, निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी नियमावली सम्बन्धित व्यवसायी संस्थाको सुझाव परिमार्जनसहित संशोधन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको