LIVE 
नेपाल रेडक्रस सोसाइटी महुवनको उपशाखा कार्यलय भवन मेयर जसवन्त यादव द्वारा शिलान्यास | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | बिल बिना को बालुवा लग्दै गरेको टिपर , सखुवा प्रसौनी गाउँपालीका अध्यक्ष यसवन्त यादव को नियन्त्रण मा | कालिकामाई गापामा वडा कार्यालय र बिधालय भवनको अध्यक्ष गुप्ताद्वारा शिलान्यास | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न | धोबिनी गापामा बिकासको काम कम र तालिम गोस्टी लाई बढि महत्व | तराईमा तातो हावा को लहर तीन (३) दिन सम्म चल्ने - Pradesh TV | लोक सेवा आयोगको परीक्षामा १६ पटक असफल भएका ‘‘पप्पु’’ बने ‘‘इन्स्पेक्टर’’ | स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साका २ जना पत्रकारलाई सम्मानित |

काठमाडौं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ ।

काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए।

उनका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ। बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो।

अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ।मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ। बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।

उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ। आज काठमाडौँको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको