Pradesh TV
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघको वडास्तरीय भेला सम्पन्न

वीरगञ्ज, ९ असोज । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी युवा संघको वडास्तरीय भेला सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा संघका जिल्ला सदस्य सुजित ठाकुरको सभापतित्वमा संगठन सुदृढीकरण तथा जनजागरण अभियानअन्र्तगत भेला सम्पन्न भएको हो ।भेलालाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले संगठनलाई विस्तार गर्नुका साथै सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता औँल्याए । सोही आवश्यक्तालाई मध्यनजर गर्दै जसपाले सुज अभियान थालेको अन्साीले बताए ।कार्यक्रमका बिशिष्ट अतिथी जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले युवाहरुको एकरुपता नै अबको अपरिहार्यता भएको बताए । जोश र जागर बोकेका क्षमतावान एवम् सिर्जनशिल युवाहरु अब सरकारको नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा सचिव अहमदले जोड दिए ।समाजको सांस्कृतिक, आर्थीक एवम् भौतिक परिवर्तनका लागि राजनीतिक परिवर्तन हुनुपर्ने बताउँदै अहमदले त्यसका लागि युवाहरु स्वयमले आवाज उठाउनुको विकल्प नरहेको धारणा राखे । उनले भने, ‘ तँ आईज र गर् कसैले भन्दैन । यहाँ अधिकारको लागि आफै लड्नुपर्छ ।’ भेलामा अहमदले युवाहरुलाई अबको राजनीतिक भविष्य, जसपाका भावि रणनीति, आगामी योजना लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।भेलाले मुना यादवको अध्यक्षतामा १७ सदस्यीय वडा स्तरीय समाजवादी युवा संघ गठन गरेको समाजवादी युवा संघका केन्द्रिय सचिव सरोज यादवले जानकारी दिए । संघको उपाध्यक्षमा शेषनाथ मण्डल, जयराम राम, सचिवमा राधेश्याम साह, कोषाध्यामा मान्सी देवी, सदस्यमा सन्तोष पटेल, श्याम महतो, दिपक मण्डल लगायत रहेको समाजवाद युवा संघ पर्साका अध्यक्ष गौरब बर्माले बताए ।बर्माका अनुसार कार्यक्रममा संघीय समाजवादी शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, वीरगञ्ज महानगरपालिकाको न्याययिक समितिका सदस्य तुफैल अख्तर, संघका पर्सा जिल्ला ईन्चार्ज अमित यादव, बरिष्ठ उपाध्यक्ष मनमोहन पाण्डे, घनश्याम बाबु गुप्ता, अमोद यादव, ईकाई अध्यक्ष दिनानथ मण्डल, गगनदेव यादव,
ल्गायतको सहभागिता रहेको थियो ।सो अवसरमा सम्पात साह कलवारले नेपाली काङ्ग्रेस परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

श्री मंगल माध्यमिक विद्यालय मा १३ थान कम्प्युटर चोरी।

राष्ट्रपति पौडेलद्वारा पुर्व रास्ट्रपती भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद ।

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

No Result
View All Result