LIVE 
प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव |

जनकपुरधाम २६ फाल्गुन ।

हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले देशलाई जबर्जस्ती धर्मनिरपेक्ष बनाई सनातन धर्म र संस्कृति माथि विश्वास घटाउने कार्य भएकोले दुश्कर्महरु अझ बढेर गएको बताएका छन्।जनकपुरधाममा संचारकर्मीहरु संग कुराकानी गर्दै पटेल भने सनातन देखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वर्थका खातिर बईमानहरुले कमजोर बनाउँदै लगिएको बताए।उनले भने परम्परा देखि चल्दै आएको सनातन धर्मलाई कायम राख्न सकेमात्र देश समृद्ध एवं जनजीवन सहज ढंगले अगाडि बढ्ने ठोकुवा पनि गरे।एक फरक प्रसगमा पटेलले भने धर्म र संस्कृतिलाई हृदय देखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहेकाले यसलाई व्यापकता दिलाउन पनि महिलाकै भूमिका उपयुक्त हुने उनको भनाइ थियो।साथै पटेलले २ दिने जनकपुरधामको यात्राको क्रममा विश्व प्रसिद्ध ऐतिहासिक तीर्थ स्थल श्री जानकी मन्दिरमा पूजापाठ र मन्दिरका छोटा महन्थ रामरोशन दास संग बिशेष छलफल एवं बिचारबीमर्ष गरेका थिए।साथै जनकपुरधाम स्थित गंगा सागरमा दैनिक हुने महागंगा आरतीमा सहभागी,प्रदेश न.२ को प्रदेश प्रमुख(राज्यपाल) राजेश अहिराज संग कार्यालयमा भेटघाट र बिचारबीमार्श,प्रदेश न.२ सरकारको भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनल संग मन्त्रालयमा भेटघाट,प्रदेश न.२ को प्रदेश प्रहरी प्रमुख (डीआजी) धीरज कुमार सिंह भेटघाट,नेपालको चर्चित सामाजिक अभियन्ता ज्ञयानेन्द्र शाही संग जनकपुरधाममा भेटघाट,जानकी टेलिभिजनको संचालक, समाजसेवी बैधनाथ साह संग टेलिभिजनको कार्यालयमा भेटघाट।साथ चर्चित पत्रकारहरु प्रेमचन्द झा,पुजा पासवान संग जनकपुरधाममा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल,केन्द्रिय सदस्य पिंकी महासेठ, धनुषा जिल्ला अध्यक्ष शत्रुधन साह,उपाध्यक्ष दीपक देव, कोषाध्यक्ष सुमित्रा मण्डल, जनकपुरधाम नगर अध्यक्ष मुकेश कर्ण,उपाध्यक्ष अम्नोज मिश्रा,सचिव सीताराम गुप्ता संग भेटघाट र बिचारबीमार्श गरेका थिए।साथै धनुषा जिल्ला कमिटी एवं जनकपुरधाम नगर कमिटी संयुक्त बैठक बसी भावी कार्यक्रम बारे बृहत छलफल समेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको