LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज १९ पुस । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित बाट ट्रकमा लोड रहेको १ सय ५ किलो गाँजा सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १९ बस्ने ट्रकका चालक वर्ष ३२ को लक्ष्मण सिटौला,वर्ष २४ को बिजय तामागं,वर्ष १८ को प्रभात तामागं, जिल्ला धादिगं बेनिघाट रोरागं गापा १ बस्ने वर्ष ३७ को निरज लामा, जिल्ला चितवन राप्ती नगरपालिका २ बस्ने वर्ष ५० को रानुलाल तामागं, जिल्ला मकवानपुर कलैश गापा १० बस्ने वर्ष २६ को रामलाल गोले र जिल्ला पर्सा सखुवापर्सौनी गापा ३ बस्ने वर्ष ५१ को सहिद मियाव आलम रहेका छन ।
विषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो वीरगञ्जबाट खटिएको प्रहरी टोलीले ना ६ ख ६५२५ नम्बरको ट्रकमा लोड रहेको १०५ किलो गाँजा सहित ट्रकमा सवार ७ जनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज २१ स्थित लालपर्सा गाँउमा जाने बाटो सडक किनारमा रोकी राखेको ट्रकलाई चेकजाच गर्दा ट्रक भित्र लुकाई राखेको अवस्थामा ७ वटा पोकामा १ सय ५ किलो गाँजा बरामद भएपछि ट्रकमा सवार सातैजनालाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सातैजना उपर लागुऔषध कसुरमा मुद्धा दर्ता गरी थप कार्यवाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको