LIVE 
पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष यादवले गरे नयाँ चमतकार | उपकार सेवा नेपाल द्वारा बालबालिकाहरु लाई टैन्की तथा धारा जडान | धोबिनीमा दादुरा- रुबेला खोप अभियानसम्बन्धि अभिमुखीकरण | धोबिनी गा.पा का नेकपा एमाले राष्ट्रि्य युवा संघ नेपाल का महाधिवेशन प्रतिनीधि , गाउँपालिका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् | एसपी ढुंगेलले पर्साको कमाण्ड सम्हालेको २४ घण्टामै हातहतियार सहित दुईजना पक्राउ | ट्रयाक्टर पल्टिएर दुर्ई जनाको मृत्यु | बाघको आक्रमणबाट २ जना घाइते | राति १० बजे देखि लागु हुने कर्फ्यु अब पूर्ण रूपले हटाइएको छ | बारामा ट्रक र जीप ठोक्किदा दूई जनाको मृत्यु । | एसपी कुमोद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्सा, को जिम्मेवारी सम्हाले |

राजन कुमार बानिया बिरगंज १२ पुस । पर्साको पटेर्वासुगौली गाउँपालिकामा शिक्षा,स्वास्थ्य ,कृषि ,भौतिक पुर्वधार बिकास को साथै खद्यान समाग्री घर घर मा राहत पटेर्वासुगौली का गरिब बिपन दलित परिवार हरु लाई गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी बितरण गरि अनदाता र बिकास प्रेमी कायम भएका हुन।सानो कद र ठुलो सोच बोकेका काम गर्न फुर्तिलो र जांगरिलो देखिएका पर्सा को पटेर्वासुगौली गाउँपालिका हरिनारायण चौधरी ले सानो समयमा जनता हरु को मन जितन सफल भएका हुन।उठे देखि अहोराती सम्म काम गर्ने शैली प्रति कुनै गाउँबासी हरु को गुनासो नरहेको देखिएको छ।गाउँपालिका को जनता हरु ले काम लिएर अाउने सेवाग्रही हरु लाईअादर पर्वक गुनासो सुन्ने र हुने कुरालाई तत्काल संबोधन गर्ने उनको अादत रहेका छन।बिकास को कुरामा सचेत र प्रबुद्ध बर्ग को उस लाई सहयोग र समर्थन पाएको ले स्थानिय बिकास प्रेमी को रुपमा हेरेका छन।

विकट क्षेत्र को रुपमा रहेको पर्साको पटेर्वासुगौली गाउँपालिका लाई नमुना को रुपमा बनाएर जनता को मन जितेका हुन। जनतालाई छिटो र सरितो सेवा दिनको लागि अध्यक्ष चौधरी ले अाफ्ना मातहत का कर्मचारी हरु लाई निर्देशन दिएर कार्य संचालनमा ल्याएको हो । गापा अध्यक्ष चौधरी ले अाफ्नो गाउँपालिका मा बाहिर बाट समन्व गरि कालेज को स्थापना गरेका छन। साथै १५ बेड को अस्पताल को स्थापना र बर्थिग सेन्टर ,अस्पताल हरु मा एमबिबिएस डाक्टर र ल्याब ,भिडियो एक्सरे मशिन समेत सेवा हरु संचालन गरिएको आउने दिनमा हरुमा पटेर्वासुगौली गाउँपालिका क्षेत्र बाट सदरमुकाम धाउने दिन गएको छ । अबको दिनमा सम्पूर्ण सेवा आफ्नै गाउँ ठाउँ मा निःशुल्क पाउने भएका छन ।अध्यक्ष चौधरी ले भने बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस रोग बाट बचाउन नेपाल सरकार ले गरेको लकडाउन का कारण समस्या मा परेका गरिब मजदुर बिपन परिवार हरु पहिला पनी राहत स्वरुप खद्यान बितरण गरिएको छ र अहिले पनी पटेर्वासुगौली गाउँपालिका को पाचै वडा मा रहेको बिपन वर्गका ६सय४४ जना घरपरिवार हरु लाई १३ हजार भन्दा बढी मुल्य बराबर को प्रतिघर परिवार हरु लाई खद्यान समाग्री बितरण गरिएको अध्यक्ष चौधरी ले बताए । अध्यक्ष चौधरी ले भने भौतिक बिकास को साथै मईले बिपन्न वर्ग हरु को लागी खद्यान समाग्री लिएर अाएको छु।

मेरो गाउँपालिका का बिपन्न वर्ग मा भुखमरी को समस्या नहोस भन्दै सबै जना लाई पुस महिना भित्र अाफ्फै टोल टोलमा पुगी ६ सय ४४ जना घरपरिवार लाई राहत बितरण गरिएको बताए ।राहत बितरण कार्यमा खद्यान समाग्री मा दुई बोरा चामल,एक बोरा पिठो,दाल १५ किलो,खानेतेल १० लिटर,चिनी २ किलो, अालु ५ किलो ,प्याज ५ किलो, नुन ५ किलो,अण्डा,बर्स,टुतपेस्ट,कपडा धुने र नुहाउने साबुन, सेम्पुल, लगायत समाग्री हरु बितरण भईरहेको छ। यस्ता राहत हरु अाउने दिन मा समेत खद्यान समाग्री बितरण गरिने अध्यक्ष चौधरी ले जनाए का छ।राहत समाग्री पाएर पटेर्वासुगौली गाउँपालिका वार्ड ५ मोरटोर का बिगन माझी ले प्रदेश टिभी अनलाईन संग कुरा गर्दै भने मोरटोर का जनता हरु कहिले बाढी बाट पिडित कहिले लकडाउन बाट पिडित भएपनी सम्य सम्य मा गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी ले बिकास को साथै अनाज को पनी व्यवस्थापन गर्नु भएको छ। टोल टोल मा घुमेर जनता हरु को समस्या बुझेर राहत खद्यान समाग्री बितरण गर्नु भएको स्थानिय माझी ले बताए ।

अध्यक्ष चौधरी बिकास प्रेमी मात्र होईन अन दाताको रुपमा पनी चिन्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको