राजन बानिया पर्सा १० पुस ।
सांसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले धोबिनी गा पा को लंगडी मा प्रदर्शन गरेको छन । असंवैधानिक, अलोकतान्त्रिक एवम् स्वेच्छाचारी तरिकाले प्रतिनिधि सभा विघटन भएको भन्दै जसपाले प्रधान मन्त्री र राष्ट्रपतिको पुत्ला जलाएर विरोध प्रदर्शन गरेका छन ।धोबिनी गाउँपालिका को भिखमपुर बाट सुरु गरिएको विरोध प्रदर्शन पिपरा ,असावारी ,हरिहरपुर ,गुलरिया,हुँदै लंगडी चौकमा आएर प्रधानमन्त्री केपी अोलीर र रास्ट्रपति को पुतला दहन पछी कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीले असंवैधानिक अलोकतान्त्रिक कदम खारेज गर, केपी ओली तेरो पाराले दुःख पायो साराले लगायतका नाराबाजीसमेत गरेका थिए ।आन्दोलनमा सहभागी नेता कार्यकर्ताहरुले लोकतन्त्र, गणतन्त्र र संघीयता माथी प्रहार भएको बताएका छन् । जसपा का युवा नेता दिभाकर पटेल ले भने राष्ट्रपति र प्रधानमन्त्री मिलेर जनतालाई धोका दिएकोले विरोध गर्नुपरेको बताए ।उनले असंवैधानिक कदमको विरोधमा चरणबद्ध आन्दोलन हुने र प्रतिनीधि सभा पुनर्स्थापना नहुँदासम्म संघर्ष जारी रहने दाबी गरे ।निर्वाचनमा जाने बेला नै नभएको बताउँदै उनले चुनाव गराउने कुरा प्रधानमन्त्रीको नाटकमात्रै भएको दाबी गरे । ‘प्रधानमन्त्रीले भने अनुसार अहिले चुनाव हुन गइरहेको छैन । उनी तानाशाही प्रवृत्ति लाद्ने कोसिस गरिरहेका छन्, हामीले त्यसलाई तोड्नुपर्छ,’ उनले भने, ‘देशलाई बन्धक बनाएर एकतन्त्रीय शासन चलाउने कोसिस भइरहेको छ । देशमा संकटकाल लगाउने तयारी भइरहेको छ । जनताले त्यसको विरोध गर्नुपर्छ ।’जसपाका जिल्ला सदस्य मदन चौहान ले भने जनताले पाँच वर्षका लागि निर्वाचन बाट सांसद बनाएका छन। त्यही कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भयो ।बिरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य पप्पु पटेल, धोबिनी गापा उपाध्यक्ष पारसनाथ प्रसाद कुर्मी,वार्डधयक्ष ललन राउत कुर्मी,जसपा का अजय पटेल, दबेन्द्र पटेल ,गौरिशंकर पटेल, प्रमेश्वार ठाकुर, रामाशंकर साह, लगायत नेता कार्यकर्ता हरु को सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !